प्रस वीरगंज, २४ जेठ/

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिगासनसाह तेली जित्नबित्तिकै धाँधली गर्न थालेको आरोप लाग्न थालेको छ ।

सो नपाको वडा २ बैरियाबिर्ताका वडाध्यक्ष जितेन्द्र पटेललाई थाहा नदिई आफ्नै भान्जा पर्ने रमेशप्रसाद साह तेलीलाई सो वडामा मधेस प्रदेश सरकारले पठाएको रु २५ लाखको उपभोक्ता समितिको अध्यक्ष बनाएपछि विवाद शुरू भएको हो । मधेस प्रदेश सरकारले सो गाउँमा सडक तथा नाला निर्माणका लागि रकम पठाएको थियो । तर अहिले राजनीति शुरू भएको छ ।

आफू जितेपछि नियम कानूनलाई पाखा लगाएर मेयर साहले उपभोक्ता समितिका अध्यक्षमा रमेशप्रसाद तेलीलाई चयन गरेका छन् । प्रेमचन्द कुशवाहा जसपाबाट पराजित उपमेयर शान्ति देवीका पति हुन् । उनी चार सय भोटले हारेकी थिइन् । जसपाबाट उपाध्यक्ष्F पदका प्रत्याशी उम्मेदवार रहेका प्रेमचन्द कुशवाहाकी पत्नी शान्ति कुशवाहालाई खुशी पार्न अनुगमन समितिको संयोजक बनाइएको छ । नपा अध्यक्ष सिगासनसाह तेलीले जितेपछि अहिले सबै दलबाट जितेका उमेदवारलाई पाखा लगाई आफूखुशी काम गर्न लागेको वडाध्यक्ष जितेन्द्र पटेलले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here