प्रस, बारा, २२ जेठ/
कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले नागरिकता नभएका ज्येष्ठ नागरिकलाई रु दुई हजार मासिक भत्ता दिने बताएका छन् ।
आइतवार कलैयामा सामाजिक सुरक्षासम्बन्धी पुनर्ताजगी तालीममा उनले नागरिकता नभएका ज्येष्ठ नागरिकहरूलाई बोर्ड बैठकबाट पारित गरी मासिक रु दुई हजार भत्ता दिने बताए । उनले नागरिकता नभएका धेरै ज्येष्ठ नागरिक सामाजिक सुरक्ष्Fा भत्ताबाट वञ्चित भएको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाजका अध्यक्ष भरतबहादुर मल्ललगायत सहभागी थिए ।