प्रस, रक्सौल, २२ जेठ/

रक्सौलमा नवनिर्मित अनुमण्डलीय अस्पतालको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण तथा रसायन एवं उर्वरक मन्त्री डा मनसुख माण्डवियाले उद्घाटन गरेका छन् ।

उनले अस्पताललाई आधुनिक सेवासुविधा प्रदान गरिने आश्वासन दिए । उनले कोरोनाकालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको कारण बिहारका १२ करोड जनता सुरक्षित रहेको दाबी गरे । ५० शøयाको अस्पतालको स्तरोन्नति गरेर सय शøयाको गरिएको र नर्सिङ सेवाको लागि रक्सौलमा अध्यापनको व्यवस्था मिलाइने आश्वासन दिए । उनले स्वास्थ्य विभागले मोतिहारी जिल्लामा रु ७५ करोडको काम गरेको र एक हजार ५८ शøया थप गरिएको बताए । उनले मोतिहारीमा मेडिकल कलेज बनाउने घोषणा पनि गरे । तीन/चार वर्षको अवधिमा मेडिकल कलेज बन्ने उनले बताए ।

प्रत्येक विधानसभामा पाँचवटा स्वास्थ्य केन्द्र स्थापना गर्ने र जीर्ण अवस्थामा रहेका स्वास्थ्य केन्द्रहरूको मरम्मत सम्भार गरिने पनि उनले बताए ।

कार्यक्रममा सिएस डा अञ्जनी कुमार, डिआइओ डा शरतचन्द्र शर्मा, अनुमण्डलीय अस्पताल उपाधिक्षक डा एसके सिंह, लौकरिया पिएचसी प्रभारी डा आरपी सिंह, डा राजीव रञ्जन, डा सेराज अहमद, डा अमित जायसवाल, डा मुराद आलम, युनिसेफका अनिल कुमार, स्वास्थ्य प्रबन्धक आशिष कुमारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here