प्रस, जीतपुर, १४ जेठ/
बारा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले आइतवार स्थानीय तहका प्रमुखहरूलाई शपथ गराएपश्चात् सोमवार प्रमुख/मेयरहरूले वडाध्यक्षसहित सदस्यहरूलाई शपथ ग्रहण गराए र आजदेखि नवनिर्वाचित पदाधिकारीहरूले आआप्mनो पदभार ग्रहण गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताए ।
शपथ ग्रहण कार्यक्रमलगत्तै तत्कालीन जीतपुरसिमरा गाउँ पञ्चायतका प्रधानपञ्च, जीतपुरसिमरा गाविसका अध्यक्ष तथा वर्तमान जीतपुरसिमरा उपमनपाका उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उमनपाका निवर्तमान प्रमुख डा कृष्ण पौडेलसमेतले आआप्mनो काम, कार्यवाहीको अनुभव तथा काम गर्ने विधिसमेत सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।
औद्योगिक क्षेत्रतिर उन्मुख तथा वीरगंज–हेटौंडा राजमार्गसँग प्रत्यक्ष सम्बन्ध भएको यस क्षेत्रको समग्र विकास, विस्तारमा अग्रसर भएकोले यसको विकासमा जनप्रतिनिधिहरूले ध्यान दिन अति आवश्यक भएको तत्कालीन जीतपुरसिमरा पञ्चायतका प्रधानपञ्च मुकुन्दबहादुर क्षत्रीले एक भेटमा बताए ।