प्रस, वीरगंज, ८ जेठ/

बारा जिल्लाका दुईवटा उपमहानगर, पाँचवटा नगर र नौवटा गाउँपालिका गरी १६ वटा पालिकाको मतगणना सम्पन्न भएको छ ।

सबैभन्दा पछि पचरौता नगरपालिकाको मतगणना सकिएको हो । आइतवार सम्पन्न मतगणनामा लोसपाका श्याम प्रसाद दुई हजार २४६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी जसपाका रमेश यादवले एक हजार ४९० मत ल्याए । उपाध्यक्षमा लोसपाकै इन्दु कुमारी एक हजार ८९३ मत ल्याइ विजयी भइन् । उपाध्यक्षमा एमालेकी नसिमा खातुन एक हजार ४५९ मत ल्याइन् । वडाध्यक्षमा वडा नं १ मा लोसपाका दिनेश सिंह एक हजार ४७६, वडा नं २ मा जसपाका मनोज यादव ६५४ मत ल्याइ विजयी भएका छन् ।

यसैगरी, कलैया उपमहानगरपालिकामा एमालेका विनोद साह प्रमुखमा र एमालेकै रौशन प्रवीण उपाध्यक्षमा विजयी भएका छन् भने जीतपुर उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका राजन पौडेल प्रमुखमा र एमालेका भोला अधिकारी उपप्रमुखमा विजयी भए ।

पाँचवटा नगरपालिकामध्ये कोल्हवीमा नेकाका रामप्रसाद चौधरी प्रमुखमा र उपप्रमुखमा नेकाकै लक्ष्मी चौधरी विजयी भएका छन् । कोल्हवी नपाका वडाध्यक्षहरूमा १ देखि ११ सम्म क्रमशः राजहरण चौधरी (एमाले), गोपालप्रसाद अधिकारी (एमाले), किशुनदयाल थारू (नेका), विष्णु मैनाली (एमाले), नन्दकिशोर चौधरी (एमाले), दिनेशप्रसाद चौधरी (नेका), सलाउद्दीन अन्सारी (नेका), अनुप सुवेदी (एमाले), दलबहादुर चौधरी (माओवादी केन्द्र), कुञ्जबिहारी चौधरी (नेका) र नन्दकिशोर चौधरी (नेका) विजयी भएका छन् ।

निजगढ नपामा एमालेका सुरथ पुरी प्रमुखमा र उपप्रमुखमा एमालेकै सोममाया थिङ विजयी भएका छन् । १ देखि १३ वडासम्मका अध्यक्षमा क्रमशः मङ्गले लोप्चन (नेका), राजन श्रेष्ठ (नेका), गोकुल तिमल्सिना (एमाले), विशन सापकोटा (नेका), सूर्यबहादुर थापा (एमाले), घनश्याम तिमल्सिना (एमाले), टेकबहादुर लामा (एमाले), रामचन्द्र कटुवाल (नेका), सुवर्ण लामा (नेका), आशाकाजी श्रेष्ठ (एमाले), सहइया गौरो थारू (नेका), ज्ञानबहादुर गोले (नेका) र सूर्यबहादुर घलान (नेका) विजयी भएका छन् ।

महागढीमाई नगरपालिकामा नेकाका उपेन्द्रप्रसाद यादव प्रमुखमा र तारादेवी कानू उपप्रमुखमा विजयी भएका छन् । १ देखि ११ वडाका अध्यक्षमा क्रमशः मनोज गुप्ता (नेका), विश्वनाथ कुशवाहा (एमाले), उपेन्द्र जयसवाल (नेका), मनोज कुमार (नेकपा एस), गजेन्द्र जयसवाल (नेका), गेनाराउत अहिर (जसपा), शिवेन्द्रप्रताप सिंह (जसपा), मुहाब अन्सारी (एमाले), दीलिप शुक्ला (एमाले), चन्दन साह (एमाले), अरविन्द बैठा (नेका) विजयी भएका छन् ।

सिम्रौनगढ नपामा लोसपाका किशोरीप्रसाद यादव प्रमुखमा र नजहर शेहर उपप्रमुखमा विजयी भएका छन् । १ देखि ११ वडाका अध्यक्षमा क्रमशः दिनदयाल मुखिया (नेका), अरविन्दकुमार (नेका), अजिउल्लाह अन्सारी (नेका), अवधेश सहनी (नेका), शिवमङ्गल प्रसाद (नेका), नन्दकिशोर प्रसाद (लोसपा), विवेक महतो (लोसपा), रामदिनेश यादव (नेकपा एस), रामएकबाल (नेका), राजकुमार यादव (नेका), सुरेन्द्र जयसवाल (नेका) विजयी भएका छन् ।

गापाहरूमा सुवर्ण गापामा नेकाका सुरेशप्रसाद यादव अध्यक्षमा र नेकाकै पूनम कुमारी उपाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षहरूमा १ देखि ८ सम्म क्रमशः रामदेव अहिर (नेका), रञ्जीतप्रसाद यादव (जसपा), रामक्षत्री प्रसाद (नेका), झक्कडप्रसाद यादव (नेका), रामएकबाल कलवार (जसपा), शिवधारी तत्वा (माओवादी केन्द्र), जीतेन्द्र यादव (जसपा), सैबुल्लाह मियाँ (माओवादी केन्द्र) विजयी भएका छन् ।

विश्रामपुर गापामा लोसपाका जुल्फकार अलि भुट्टो अध्यक्षमा र प्रियङ्का देवी उपाध्यक्षमा विजयी भएका छन् । १ देखि ५ वडामा क्रमशः सन्तोष पटेल (लोसपा), मनोज यादव (जसपा), शिवचन्द्रप्रसाद यादव (नेका), किशोरी तुरहा (नेकपा एस) र अमिरीलाल गुप्ता (जसपा) विजयी भएका छन् ।

फेटा गापामा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी अध्यक्षमा र नीलम साह उपाध्यक्षमा विजयी भएका छन् । १ देखि ७ वटा वडामा क्रमशः किशनदास तत्वा (जसपा), नरेश प्रसाद (एमाले), प्रह्लाद साह तेली (विवेकशील पार्टी), वकील यादव (लोसपा), एबुब मियाँ अन्सारी (जसपा), अमिर हजाम ठकुराई (विवेकशील पार्टी) र पप्पु सिंह (लोसपा) विजयी भएका छन् ।

बारागढी नपाको अध्यक्षमा अशोक जयसवाल (जसपा), लक्ष्मीदेवी राम (जसपा) उपाध्यक्षमा विजयी भएका छन् भने १ देखि ५ वडाका अध्यक्षमा क्रमशः सुरेश चौधरी (जसपा), उमेशप्रसाद साह (जसपा), जोगेन्द्रप्रसाद कलवार (नेका), पन्नालाल साह (जसपा) र मनोज चौधरी (जसपा) विजयी भएका छन् ।

परवानीपुर गापाको अध्यक्षमा एमालेका रामक्षत्री कुर्मी र उपाध्यक्षमा एमालेकै सुगान्धीदेवी कानू विजयी भएका छन् । वडा नं १ देखि ५ सम्म क्रमशः चोकट धानुक (नेका), महम्मद नुरुल्लाह अन्सारी (एमाले), इब्राहिम मियाँ धोबी (एमाले), गम्भीरा राउत कुर्मी (लोसपा) र रामेश्वर कलवार (जसपा) विजयी भएका छन् ।

प्रसौनी गापाको अध्यक्षमा एमालेका विनोद जयसवाल र उपाध्यक्षमा एमालेकै किरणदेवी विजयी भएका छन् । १ देखि ७ वडामा क्रमशः लालबाबू मुखिया (एमाले), हृदयसाह तेली (नेका), छोटेलाल कानू (नेकपा एस), याकुब अन्सारी (माओवादी केन्द्र), सन्तोष साह (एमाले) बृजकिशोर कुशवाहा (माओवादी केन्द्र), इस्लाम मियाँ (एमाले) विजयी भएका छन् ।

देवताल गापामा जसपाका उदय यादव अध्यक्ष्Fमा र सीतादेवी यादव उपाध्यक्ष्Fमा विजयी भएका छन् । १ देखि ७ वटा वडामा क्रमशः अरुणकुमार सिंह (जसपा), मनरुदिल मियाँ ठकुराई (जसपा), रामकिशोर कुशवाहा (जसपा), ललन यादव (नेका), सुरेश साह (नेका), सञ्जय कुमार (लोसपा) र सत्येन्द्र यादव (नेका) वडाध्यक्षमा विजयी भएका छन् ।

करैयामाई गापाको अध्यक्षमा जसपाका शम्भुप्रसाद यादव र उपाध्यक्षमा जसपाकै सुनैनादेवी चौधरी विजयी भएका छन् । १ देखि ८ वटा वडा रहेको यो गापाको वडाध्यक्षमा क्रमशः सुरेन्द्र चFैधरी (एमाले), परशुराम यादव (जसपा), एकलाख अन्सारी (माओवादी केन्द्र), उमेश चौधरी (नेका), राजकुमार चौधरी (जसपा), बृज चौधरी (नेका) र दिनेश चौधरी (एमाले) विजयी भएका छन् ।

आदर्श कोतवाल गापाको अध्यक्षमा नेकाका जवाहरप्रसाद र उपाध्यक्षमा  मीरा देवी विजयी भएका छन् । १ देखि ८ वडामा क्रमशः सुरती देवी (जसपा), फूलमाया देवी (नेका), रीनादेवी राम (जसपा), शेख जवाहिर (एमाले), रूपनारायण सिंह (स्वतन्त्र), राजु गुप्ता (माओवादी केन्द्र), जनक ठाकुर लोहार (नेका) र हरिनारायण कुशवाहा (नेका) वडाध्यक्षमा विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here