प्रस, रौतहट, ७ जेठ/
कटहरिया नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार अजय प्रकाश निर्वाचित भएका छन् । उनले सात हजार १७२ मत ल्याइ निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान नगरप्रमुख सियाराम कुशवाहाले चार हजार ५७७ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा नेकाकी रीता देवीले सात हजार ५२० मत ल्याइ निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कुन्ती देवीले चार हजार ५३७ मत ल्याइएकी थिइन् ।
वडा नं ५, ७, ८, ९ मा नेकाका उम्मेदवार सर्फलाल प्रसाद, शहीद मियाँ धोबी, समिस विकास साह, रूपेशकुमार यादव निर्वाचित भएका छन् भने वडा नं २, ३, ४, ६ मा नेकपा एमालेका उम्मेदवार हरिन्द्र साह, श्यामाकान्तप्रसाद यादव , चन्दन कुशवाहा, जयराम चौधरी निर्वाचित भएका छन् । वडा नं १ मा नेकपा एकीकृत समाजवादीका भुपेन्द्र महतो निर्वाचित भएको जनाइएको छ ।
यसैगरी, ईशनाथ नगर पालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कौशलिया देवी छ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार मेहताले पाँच हजार ३०७ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा लोसपाका उम्मेदवार मो परवेज पाँच हजार ७४९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हुसने आराले पाँच हजार ९७ मत प्राप्त गरेकी छन् ।
लोसपाका उम्मेदवारहरू वडा नं १ मा विगु साह, वडा नं २ मा धर्मेन्द्र साह, वडा नं ३ मा रामचन्द्र राउत, वडा नं ४ मा शत्रुधन सिंह, वडा नं ५ मा एमालेका शेख निसार, वडा नं ६ मा नेकाका जवाहिरलाल साह, वडा नं ७ मा एमालेका शेख खलिउल्लाह, वडा नं ८ मा शेख खुसवाद्दीन, वडा नं ९ मा रामबाबू यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी, राजपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार मो राजिक आलम निर्वाचित भएका छन् । उनले छ हजार ३३५ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद जैद आलमले तीन हजार ७५१ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा नेकाका जमिल असगरी छ हजार २३९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी चिन्ताकुमारी कलवारले तीन हजार ६२९ मत प्राप्त गरेकी थिइन् ।
वडा नं १ देखि ९ सम्म माओवादीका शेख अमिरुलाह, एसका सोनालाल पडित, जसपाका शेख हसिन अख्तर, नेकाका शेख अनसारूल, एमालेका कृष्णनन्दन राय, नेकाका शेख मोसो आलम, जसपाका इन्ताज हुसैन, नेकाका शेख सोयब र माओवादीका शेख नसरुल हक निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।