नयाँदिल्ली, ३१ वैशाख/सिन्ह्वा

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रवार राति आगो लागेको थियो ।

त्यस आगलागीमा परी अरू कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएका कतिपयको अवस्था गम्भीर रहेकाले यस दुर्घटनामा ज्यान जानेको सङ्ख्या बढ्न सक्ने पनि अधिकारीले जनाएका छन् ।

सो भवन ठूलो थियो र यहाँ कैयFैं कम्पनीका कार्यालय पनि रहेका छन् । यो भवनको दोस्रो र तेस्रो तलाबाट मात्र २० वटा शव फेला पारिएको छ भने अरूतिर खोजी कार्य हँुदैछ ।

यहाँ कम्तीमा पनि २४ वटा अग्निनियन्त्रक परिचालन गरिएको थियो । ठूलो भवन र धेरै नागरिक त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्न सक्ने बताइएको छ ।

आगलागीको कारण भने पत्ता लागेको छैन । विद्युत् चुहावट भएकाले आगो लागेको हुन सक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले सो आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here