प्रस, वीरगंज, २५ वैशाख/

स्थानीय तहको निर्वाचनको लागि पर्सा जिल्लामा कार्यरत कर्मचारीहरूलाई मतदान स्थल र केन्द्रमा खटाउने कार्य वैशाख २५ गतेदेखि शुरू गरेको छ ।

मुख्य निर्वाचन कार्यालय, पर्सा वीरगंजले जिल्लाका चौधवटै पालिकामा वैशाख २५ गतेदेखि कर्मचारी खटाउनको लागि सूचना जारी गरेको छ ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सूचना जारी गर्दै आइतवार बिहान ८ बजेदेखि ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर र छिपहरमाई गाउँपालिकामा खटेका कर्मचारीलाई नियुक्ति लिन सूचित गरेको छ ।

यसैगरी, वीरगंज महानगरमा खटेका कर्मचारीहरूलाई वैशाख २७ गते बिहान ७ बजेदेखि नियुक्ति लिन र कालिकामाई, धोबिनी, विन्ध्यवासिनी गापा तथा पर्सागढी, पोखरिया, बहुदरमाई नगरपालिकामा खटेका कर्मचारीहरूलाई वैशाख २७ गते बिहान ८ बजे नियुक्ति लिन सूचित गरिएको छ ।

महानगरबाहेक १३ वटा स्थानीय तहमा खट्ने कर्मचारीहरूलाई सम्बन्धित निर्वाचन अधिकृतसँग सम्पर्क गरी जानकारी लिन सूचित गरिएको छ । पर्सा जिल्लामा १६७ वटा मतदान स्थल र ४०४ वटा मतदान केन्द्र छन् । वीरगंज महानगरपालिकामा सबैभन्दा बढी ५५ वटा मतदान स्थल र १४३ वटा मतदान केन्द्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here