सोल, २५ वैशाख/सिन्ह्वा
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार यो सङ्ख्या अघिल्लो दिनको तुलनामा गएको २४ घण्टायता धेरै देखिएको हो । तर यहाँ एकै दिन पहिले चार लाखसम्म नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेकामा पछिल्ला दिनहरूमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।
दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार अहिलेसम्म एक करोड ७५ लाखभन्दा पनि बढी मानिस सङ्क्रमित भइसकेका छन् । अघिल्लो दिन यहाँ ३७ हजारजनामा सङ्क्रमण देखिएकामा २४ घण्टायता आएर त्यसमा केही वृद्धि भएको बताइएको हो ।
तर सङ्क्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्युदर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३६० जनाको ज्यान भइसकेको छ । सङ्क्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरूले जनाएका छन् ।