प्रस, वीरगंज, २४ वैशाख/

वीरगंजको दुई स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा २८२ जनाले रक्तदान गरेका छन् ।

वीरगंज कारागारमा पहलको आयोजनामा भएको रक्तदान कार्यक्रममा दुई महिलासहित २४६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कारागारका जेलर कृष्ण गैरे र पहल संस्थाका अध्यक्ष दिलीपराज कार्कीले संयुक्तरूपमा रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रकाश थारू फाउन्डेशन अध्यक्ष थारूले कैदीबन्दीमा रक्तदान गर्ने उत्साह देखेर आफू पनि उत्साहित भएको बताए ।

कैदीबन्दीको उत्साह बढाउन सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेल, आयोजक संस्थाका उपाध्यक्ष बब्लु गुप्ता, नेत्र चिकित्सक महेशसिंह धामीसमेतले रक्तदान गरेका थिए ।

यसैगरी कैदीबन्दीहरूबाट दिनेश मण्डल, बालेश्वर चौधरी, विक्रम चौधरी, साजन थिङ, समर न्यौपाने, कन्हैयालाल यादव, सुनील गुप्ता, अर्जुन विक, विनय पासवान, आनन्द कर्ण, दिवाकरकुमार साह, विकेशकुमार, सुरज सहनी, नीरज सिंहलागयतले रक्तदान गरेका थिए ।

रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले वैशाख महीनामा रगतको अभाव महसूस गरिएकोमा कार्यक्रमबाट सङ्कलित रगतले धेरै हदसम्म सहयोग भएको बताए ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक प्रह्लाद कार्की, नेपाली सेनाका कर्नेल जयराम थापालगायत सहभागी थिए ।

यसैगरी पहिलो पाइला वीरगंज शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित ३६ जना रक्तदाताले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्सा, कार्यसमिति सदस्य नवनित अग्रवालले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले रक्तदातालाई कदरपत्र प्रदान गरेका थिए ।

स्नेहा साह, लक्ष्मी गुप्ता, निश्चल प्रजापति, मुस्कान अग्रवाल, विवेक ठाकुर, सुनील यादव, दिपेश कर्ण, सुरज साह कानू, रामचन्द्र श्रेष्ठ, राजेश दुबे, शैलेन्द्र चौरसिया, सुसिम अधिकारीलगायतले रक्तदान गरेको राजन श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here