प्रस, वीरगंज, १६ वैशाख/
वीरगंज महानगरपालिकाको नगरप्रमुखमा एकजना महिलाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । महानगरको प्रमुखमा स्वतन्त्रबाट कोशिलादेवी कनुइनले उम्मेदवारी दिएकी हुन् भने उनीबाहेक सातवटा राजनीतिक दल र २२ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् ।
नगरप्रमुखमा नेकपा एमालेका तर्पmबाट विजयकुमार सरावगी, जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह, नेपाल मजदूर किसान पार्टीबाट गोकर्ण कोइरी, बहुजन शक्ति पार्टीबाट लक्ष्मी हजरा, जनमत पार्टीबाट दिनेश राम, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गिरीश गिरीले उम्मेदवारी दिएका छन् ।
दलहरूबाट यी सातजनाले उम्मेदवारी दिएका हुन् भने स्वतन्त्रबाट फिरोज आलम, बिक्कीराज पटेल, महम्मद रियाजुल हक, राजेन्द्रप्रसाद सिंह भूमिहार, सञ्जीवकुमार यादव, राधेश्याम साह, अजयकुमार कुर्मी, समसुद्दीन मियाँ, शत्रुघ्नप्रसाद कुर्मी, सुनीलकुमार कलवार, बृजमोहन चौरसिया, सुमितकुमार सिंह, जमील रायभाट, प्रभात सिंह, रोज मियाँ अन्सारी, महम्मद हफिज मियाँ, भोला पटेल, महम्मद जियाउल हक हवारी, कैलाश सर्राफ, राजेश सिंह, महम्मद सगीर अली र रिजवान अलीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, उपप्रमुखमा दशजनाले उम्मेदवारी दिएका छन् र त्यसमा तीनजना महिला छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिना जयसवाल, जनमतबाट अनीता देवी र स्वतन्त्रबाट रम्भा मिश्र गरी तीनजना महिलाले उम्मेदवारी दिएका हुन् । उपप्रमुखमा चारवटा दल र छजना स्वतन्त्र उम्मेदवार छन् । दलबाट नेपाली काङ्ग्रेसका इम्तियाज आलम, लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झा र स्वतन्त्रबाट दीपकप्रसाद पटेल, रामबाबू महतो नुनिया, दिनेशकुमार कुशवाहा, शालिग्रामप्रसाद कानू र वीरेन्द्र साह छन् ।