प्रस, सिम्रौनगढ, १४ वैशाख/

बाराको सिम्रौनगढ नगरपालिकामा १८ जना नगरप्रमुखमा, नौजना उपप्रमुखमा, ७३ जना वडाध्यक्षमा लगायत कुल २३८ जनाले मनोनयन दर्ता गराएका छन् ।

नगरप्रमुख पदमा एमालेबाट ताराचन्द प्रसाद, नेपाली काङ्ग्रेसबाट विजयशङ्कर यादव, जनता समाजवादी पार्टी नेपालबाट शैलदेवी अहिरिन, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट  किशोरीप्रसाद कलवार, नेकपा माक्र्सवादी लेनिनवादीबाट रञ्जयप्रसाद कुशवाहा, जनमत पार्टीबाट लक्ष्मीकान्त गुप्ता, नेपाल लोकतान्त्रिक पार्टीबाट ग्यासुद्दीन मियाँ अन्सारी उन्नत, लोकतन्त्र पार्टीबाट सरोजकुमार कुशवाहा, आधुनिक नेपाल समाजवादी पार्टीबाट भागीरथ साह, स्वतन्त्रबाट मदन सहनी, राजकिशोर पण्डित, प्रदीपप्रसाद कुशवाहा, रामश्रयराय यादव, सुनीलकुमार कुशवाहा, ओमप्रकाश गुप्ता, रामेश्वरसाह कानू, काशीरामप्रसाद यादव र गन्धिरकुमार यादवले उम्मेदवारी दिएका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेबाट किरण देवी, काङ्ग्रेसबाट रीताकुमारी देवी, जनता समाजवादी पार्टी नेपालबाट पन्नालालप्रसाद कुशवाहा, लोसपाबाट नजबु शेहर, नेकपा एकीकृत समाजवादी पार्टीबाट गजेन्द्रप्रसाद कुशवाहा, जनमत पार्टीबाट सुषमाकुमारी यादव र स्वतन्त्र उम्मेदवार रूशदा खातुनले उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here