बेइजिङ, १४ वैशाख/सिन्ह्वा
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेको छ । चीनका विभिन्न शहर र राजधानी बेइजिङमा पनि सङ्क्रमितहरू देखिएका छन् । चिनियाँ राजधानी शहरमा चीन सरकारले पछिल्लो समय सङ्क्रमणबाट बच्न सुरक्षा मापदण्ड पालन गरेको भएपनि सङ्क्रमितहरू भने प्रत्येक दिन देखिएका छन् ।
गएको २४ घण्टामा अर्थात् मङ्गलवार मात्र चीनभित्रै सङ्क्रमित नागरिकको सङ्ख्या एक हजार ८१८ पुगेको छ । यसमध्ये चीनको संघाई शहरमा मात्र एक हजार ६०६ जना रहेको बताइएको छ । चीनको संघाई शहरमा पछिल्लो समयमा सङ्क्रमितहरू अन्यत्रभन्दा धेरै देखिन थालेको बताइएको छ ।
यहाँ हरेक दिन एक हजारभन्दा बढी सङ्क्रमित देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै सङ्क्रमणमा परेका हुन् । चीनका विभिन्न शहर र राजधानी बेइजिङमा पनि सङ्क्रमितहरू देखिएका छन् । चिनियाँ राजधानी शहरमा चीन सरकारले पछिल्लो समय सङ्क्रमणबाट बच्न सुरक्षा मापदण्ड पालना गरेको भएपनि सङ्क्रमण बढिरहेको छ ।
गएको २४ घण्टामा अर्थात् मङ्गलवार मात्र चीनभित्रै सङ्क्रमित नागरिकको सङ्ख्या एक हजार ८१८ पुगेको छ । यीमध्ये चीनको संघाई शहरमा मात्र एक हजार ६०६ जना रहेको बताइएको छ । चीनको संघाई शहरमा पछिल्लो समय सङ्क्रमितहरू अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।
यहाँ हरेक दिन एक हजारभन्दा बढी सङ्क्रमित देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै सङ्क्रमणमा परेका हुन् । रासस