प्रस, वीरगंज, १३ वैशाख/

पर्सा, कालिकामाई गाउँपालिकाको अध्यक्षमा २५ जना र उपाध्यक्ष पदमा आठजनाले मनोनयन दर्ता गराएका छन् । गापा अध्यक्षको लागि विभिन्न राजनीतिक दलबाट आठजनासहित २५ जना र उपाध्यक्ष पदमा राजनीतिक दलबाट छजनासहित आठजनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी गराएका छन् ।

गापा अध्यक्षको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रभुलालप्रसाद चौरसिया, नेपाली जनता दलबाट दिनेश साह कानू, नेपाल सुशासन पार्टीबाट बलराम तिवारी (दीपु), नेपाली काङ्ग्रेसबाट अजय कुमार, नेकपा एमालेबाट राजेशकुमार चौरसिया, नेकपा माओवादी केन्द्रबाट महिन्द्र राउत कुर्मी र नेपाल जनता पार्टीबाट मधुलाल महतोले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कोइरालाले बताए ।

गापा अध्यक्षमा स्वतन्त्रबाट सन्तोष पडित कुम्हाल, विकासकुमार गुप्ता, गोपालप्रसाद बरै, राजुप्रसाद यादव, तबरेज खाँ पैठान, तबरेज आलम, सञ्जय चौहान, ओमप्रकाशप्रसाद तेली, रजाकराउत गद्दी, मंशी साह गोढ, रामबाबू गिरी, सञ्जयकुमार चौरसिया, सङ्गीतादेवी कुर्मी, राधेश्यामप्रसाद कुर्मी, प्रभुराउत कुर्मी र दिनेशप्रसाद कुर्मीले मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्रबाट अधिकांशले प्रतिनिधि बन्नको लागि र मतदान केन्द्रमा प्रवेश गर्न पाउने उद्देश्यले मात्र मनोनयन दर्ता गराएको बुझिन्छ ।

यसअघि आइतवार गापा अध्यक्षको लागि जसपाबाट वशिष्ट कुमार र स्वतन्त्रबाट राजेश साह तेलीले मनोनयन दर्ता गराएका थिए ।

गापा अध्यक्षको लागि दलबाट आठजनासहित २५ जनाको मनोनयन दर्ता भएपनि मुख्य चार दलबीच प्रतिस्पर्धा हुने बताइन्छ । एमाले, काङ्ग्रेस, जसपा र सुशासन पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइन्छ ।

गापा उपाध्यक्ष पदमा लोसपाबाट अनीता देवी, एमालेबाट अंशु आनन्द तिवारी, काङ्ग्रेसबाट राजमती बरैनी, सुशासन पार्टीबाट नीतु कुमारी, माओवादी केन्द्रबाट मुनीदेवी हजरा, स्वतन्त्रबाट राधाकिशुनप्रसाद बरै र शीलादेवी कुशवाहाले मनोनयन दर्ता गराएका छन् । यसअघि आइतवार उपाध्यक्षमा जसपाबाट सोहानी खातुनले मनोनयन दर्ता गराएकी थिइन् ।

जसपाबाट वडाध्यक्षमा लालबाबू राउत बरै, ताजिन्द्र साह कलवार, सञ्जयकुमार पटेल, हरिओम साह कलवार, लोसपाबाट रामजीत ठाकुर लोहार, माधोप्रसाद कुशवाहा, राजदेव साह गोढ, अनीता तिवारी, सुशासन पार्टीबाट टङ्कराज महतो कोइरी, सफराज आलम खाँ पैठान, दिनेशप्रसाद कुर्मी, करिमन साह तेली, शिव महतोले मनोनयन दर्ता गराएका छन् ।

वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट सञ्जय प्रसाद, रामराजप्रसाद चौरसिया, रामशिषप्रसाद बरई, सञ्जयकुमार साह, माधोकुमार चौहान, नेकपा एमालेबाट मोतीलालप्रसाद कुर्मी, सोनालालप्रसाद चौरसिया, राजेशप्रसाद कुर्मी, जीतेन्द्रकुमार गुप्ता, हनिफ मियाँ, माओवादी केन्द्रबाट नरेशराउत कुर्मी, नेहाल खाँ पैठान, अमरदीप पटेल कुर्मीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गापा अन्तर्गत पाँचवटा वडाको अध्यक्ष पदमा १६ जना स्वतन्त्रसहित ४९ जनाले मनोनयन दर्ता गराएको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here