प्रस, वीरगंज, १२ वैशाख/
लोकतान्त्रिक समाजवादी पार्टीकी महिला नेत्री रम्भा मिश्रले स्वतन्त्रबाट वीरगंजको उपप्रमुखमा उम्मेदवारी दिएकी छन्। नेकपा एमाले, लोसपा र राप्रपा नेपालबीच गठबन्धन हुँदा महिला लाई पाखा लगाएर पुरुषलाई टिकट दिएपछि उनी निराश बन्दै सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्ने अभिप्रायले वीरगंज महानगरको उपप्रमुखमा आफूले उम्मेदवारी दर्ता गराएको बताइन्।
उनले वीरगंज महानगरपालिकाका महिलाहरूको सल्लाह सुझावमा गलत कामको पर्दाफाश गर्न र महिलाको अस्तित्व जोगाउन उपप्रमुखमा उम्मेदवारी दिएको जानकारी गराइन्।