प्रस, वीरगंज, १२ वैशाख/

मधेस आन्दोलनका शहीद सोहन साह कलवारकी पत्नी विनीता साह कलवारले सोमवार वीरगंज महानगरपालिका–१६ को अध्यक्ष पदमा उम्मेदवारी दिएको समाचार छ।

जसपा नेपालले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन्। सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले वडाध्यक्षमा मनोनयन दर्ता गराएकी थिइन्। २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट उनी महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

२०७० सालको मधेस आन्दोलनमा विनीताका पति सोहन साह कलवारको प्रहरीको गोलीबाट मृत्यु भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here