प्रस, वीरगंज, १० वैशाख/
नारायणी प्लास्टिक उद्योग, कलैयाका सञ्चालक निरञ्जन अग्रवाललाई बारा प्रहरीले पक्राउ गरेको छ । नापतौल कार्यालयले अनुसन्धान गरेको मुद्दामा अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
अनुमति नलिएर ढक तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय, वीरगंजले अग्रवालविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
गुणस्तर तथा नापतौल कार्यालय, वीरगंजबाट खटेको अनुगमन टोलीले अग्रवालले सञ्चालन गरेको उद्योगमा अनुमति नलिएको ढक तराजु प्रयोग गरेको भेटेपछि अग्रवालविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
शुक्रवार अग्रवाल अदालतमा उपस्थित भएका थिए तर मुद्दा हेर्न समय नभ्याएपछि अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको बारा प्रहरीका प्रवक्ता प्रनाउ राजेश थापाले जानकारी दिए ।