नितेश कर्ण, वीरगंज, ४ वैशाख/

जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले वीरगंज महानगर–२५ श्रीसियास्थित सुक्खा बन्दरगाह र एकीकृत सुरक्ष्Fा जाँच चौकीबीचको सरकारले अधिग्रहण गरेको जग्गामध्ये दुई सयजनालाई मुआवजा वितरण भएको र ८४ जनाको वितरण प्रक्रियामा रहेको बताएका छन् ।

सूचना अधिकारी पौडेलले ६२ बिघा जग्गा सरकारले अधिग्रहण गरेको र सोबापत करीब सात अर्ब रुपैयाँ मुआवजा दिनुपर्नेमा तीन अर्ब वितरण भइसकेको र एक अर्ब मुआवजाबापतको रकम वितरण भइरहेको बताए । उनले सो जग्गा २०६४ सालमा अधिग्रहण भएकोमा २०७७ माघदेखि मुआवजा वितरण शुरू भएको बताए । पहिलो चरणमा डेढ अर्ब, दोस्रो चरणमा एक अर्ब, तेस्रो चरणमा ५० करोड र अहिले चौथो चरणमा एक अर्ब रुपैयाँ मुआवजा वितरणको लागि आएकोमा ८४ जनालाई वितरण गर्ने प्रक्रियामा रहेको बताए ।

कुल ४३५ जनाले मुआवजाको लागि निवेदन दर्ता गराएकामा २८४ जनालाई मुआवजा दिइसकेपछि बाँकी १५१ जनालाई मुआवजा दिने तयारी थाल्ने र सोको लागि निवेदनहरू छानबीनको प्रक्रियामा रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here