मस्को, ४ वैशाख/एएनआई/सिन्ह्वा

पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकूहरूबाट पूर्णरूपमा खाली गरिएको रूसी सेनाले शनिवार उल्लेख गरेको छ ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वक्र्स प्लान्टहरूमा अवरूद्ध गरिएको रूसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् ।

आजोभ सागरको प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस–युक्रेन द्वन्द्वको सबैभन्दा खराब हिंसाको साक्षी  बनेको छ ।

यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रवार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झन्डै सात हप्तापछि पनि मारिउपोलमा रूसीहरूसँग लडिरहेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिउपोलमा रहेका युक्रेनी सेना हटाएमा रूससँग जारी कुनै पनि प्रकारको वार्ता अन्त्य गर्ने चेतावनी दिएका छन् ।

रूसद्वारा कारखाना नष्ट गरेको दाबी

मस्को/एएफपी

रूसको रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिंदै कीभबाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ ।

 “रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्तीनजीकै एउटा गोलाबारुद कारखानालाई नष्ट ग¥यो,” मन्त्रालयले टेलिग्राममार्फत एक विज्ञप्तिमा उल्लेख गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here