प्रस, परवानीपुर, ३ वैशाख/
वीरगंज–२५ श्रीसियामा आगामी वैशाख ५ देखि १२ गतेसम्म १९ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको छ ।
स्वास्थ्य चौकी श्रीसियाद्वारा आयोजित एक दिने वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम अन्तर्गत वडास्तरमा खोप कार्यक्रमको उपादेयता र रणनीतिबारे जानकारी गराइएको थियो ।
स्वास्थ्य चौकी प्रमुख शत्रुघ्न यादवले सहभागीहरूलाई जानकारी गराउँदै १५ महीनादेखि १५ वर्षमुनिका करीब १९ सय बालबालिकालाई टाइफाइड खोप अभियान अन्तर्गत एक साता दैनिक २०० जनाभन्दा बढीलाई खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।
वडामा तीनवटा कक्षा ५ सम्म चल्ने सरकारी आधारभूत विद्यालय, तीनवटा निजी विद्यालय र विद्यालय बाहिर अर्थात ड्रप आउट भएका बालबालिकालाई समेत खोप लगाइने तयारी भइरहेको
छ ।
टाइफाइड वर्षायाममा दूषित पानी तथा खानेकुरा खाएपछि सर्ने सरुवा एवं खतरनाक रोग हो । यो रोग लागेपछि एकजनाको उपचारमा करीब रु पाँच हजार खर्च हुने हँुदF विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले टाइफाइड उन्मूलनको लागि यो अभियान चलाइरहेको
छ ।
बर्सेनि विश्वमा टाइफाइडबाट करीब दुई करोड मानिस रोगी हुँदा करीब १ करोड ६१ जनाको उपचार नपाएर मृत्यु हुने गरेको छ । नेपालमा टाइफाइडबाट मृत्यु हुनेको प्रतिशत करीब दुई मात्रै रहेकोले यो रोग उन्मूलन सरकारको लक्ष्य रहेको स्वास्थ्य चौकीका वरिष्ठ अहेब ताराचन्द्रप्रसाद यादवले जानकारी गराए ।