ओमप्रकाश चौधरी, सेढवा, ३० चैत/
पर्साका ग्रामीण भेगमा अव्यवस्थित तरीकाबाट गहुँको छवाली जलाउने कार्य भइरहँदा आगलागीको जोखिम बढेको छ ।
किसानहरूले हार्भेस्टर प्रयोग गरी गहुँबाली भिœयाइसकेका छन् र अहिले गहुँबाट निस्किएको छवाली जलाउन थालेका छन् । खेतमा रहेको छवाली अव्यवस्थित तवरले जलाएर नष्ट गर्ने क्रममा चैत महीनामा तीव्र गतिमा चल्ने हावाका कारण आगलागीको जोखिम बढेको छ । छवाली जलाउँदा वातावरण पनि प्रदूषित भइरहेको छ । गहुँपछि अर्को धानबालीका लागि गहुँको छवालीले क्षति पु¥याउने भएकोले यसलाई नष्ट गर्नुपरेको जीराभवानी गापा–४ का किसान नमीदास थारूले बताए । धान रोपाइँको समयमा गहुँको सामान्य भुसका टुक्राले पनि बिरुवा मर्ने उनले बताए । केही किसानहरूले वस्तुभाव पालेका कारण थोरै छवालीलाई भुसको रूपमा प्रयोग गर्ने गरेको किसान थारूले बताए ।
गहुँबालीको छवालीको प्रयोग गरी सौन्दर्य तथा घरेलु प्रयोजनका विभिन्न सामग्री उत्पादन गरी बिक्री वितरण गरी आम्दानी गर्न सकिन्छ तर स्थानीय सरकारको कार्यकाल सके पनि यससम्बन्धी तालीमको व्यवस्था नगरेको स्थानीयको भनाइ छ ।
छवाली आगो लगाएर नष्ट नगर्न प्रहरीले कुनै रोकटोक गरेको छैन । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी नायब निरीक्षक नन्दकिशोर साहले खेतबारीमा लगाइएको आगो नियन्त्रणका लागि व्यावहारिकरूपले सल्लाह सुझाव दिंदै आएको बताए ।