प्रस, परवानीपुर, २६ चैत/

नेकपा एमाले, बाराको मजदूर विशेष भेला मनमोहन स्मृति भवन सिमरामा सम्पन्न भएको छ । भेला नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

भेलामा अध्यक्ष श्रेष्ठले आगामी निर्वाचनमा एमालेलाइ जिताए मात्रै मजदूरको हित हुने दाबी गरे । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह,केन्द्रीय सदस्य मञ्जु थापा, सरस्वतीदेवी चौधरी, मधेस प्रदेश सदस्य देवनारायण चौधरी, एमाले बाराका नेता मनोज पौडेल, मजदूर नेताहरू कमलेश झा, अमर यादव, तरक चिमरिया, मुक्ति चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आनन्द थामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हेमराज न्यौपानेले सहजीकरण र अमृतलाल श्रेष्ठले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here