प्रस, वीरगंज, २० चैत/
मधेस प्रदेशमा आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १८ वर्षमाथिका ३३ लाख ३१ हजार १७० जना मतदाता सहभागी हुने भएका छन् ।
यो प्रदेशमा २१६३ वटा मतदान स्थल र ४१८९ मतदान केन्द्र छ । १४ वटा पालिकामा छिपहरमाई गाउँपालिकामा १५ हजार ६६४ जना मतदाता छन् भने ८ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र छन् ।
जगरनाथपुर गापामा १८ हजार ६१ मतदाता, ११ वटा मतदान स्थल र २३ वटा मतदान केन्द्र छन् । धोबिनी गापामा १२ हजार २६७ मतदाता, ७ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् । पकाहामैनपुर गापामा १२ हजार ३१४ मतदाता, ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र
छन् ।
यसैगरी विन्ध्यवासिनी गापामा १४ हजार ८०४ जना मतदाता, ९ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र छन् । सखुवापरसौनी गापामा १९ हजार ७६३ मतदाता, ७ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र छन् । कालिकामाई गापामा १२ हजार ९७५ मतदाता, ६ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र छन् । जीराभवानी गापामा १३ हजार ९२९ मतदाता, ९ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र छन् । ठोरी गापामा १४ हजार ७०८ जना मतदाता, ९ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र छन् । पटेर्वासुगौली गापामा १३ हजार ९२० मतदाता, ८ वटा मतदानस्थल, १७ वटा मतदान केन्द्र छन् ।
पर्सागढी नगरपालिकामा २२ हजार ८०७ मतदाता, १२ वटा मतदान स्थल र २७ वटा मतदान केन्द्र छन् । पोखरिया नपामा १९ हजार ६६४ जना मतदाता, ११ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र छन् । बहुदरमाई नपामा २४ हजार ३१४ मतदाता, ११ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् भने वीरगंज महानगरपालिकामा १ लाख २४ हजार ६४७ जना मतदाता, ५५ वटा मतदान केन्द्र र १४३ वटा मतदान केन्द्र छन् ।
चौधवटै पालिकामा १ लाख ४८ हजार २८३ जना महिला मतदाता र १ लाख ९१ हजार ५३७ जना पुरुष मतदाता छन् भने अन्य १६ जना छन् ।