प्रस, वीरगंज, १८ चैत/

युकेएडको आर्थिक सहयोगमा द लेप्रोसी नेपाल र स्वास्थ्य कार्यालय, पर्साको आयोजना जिल्लास्तरीय कुष्ठरोग तथा हात्तीपाइलासम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।

शुक्रवार नेपाल पत्रकार महासङ्घ पर्साको भवनमा आयोजित कार्यक्रममा संस्थाले बारा, पर्सा रौतहटका सबै स्थानीय तहमा काम गरिरहेको जनाएको छ ।

संस्थाका प्रतिनिधि त्रिलोकी मण्डलले पर्सामा ९१ जना हात्तीपाइले रोगी भएको जानकारी गराए । उनले विन्ध्यवासिनी गाउँपालिकामा ९, वीरगंज महानगरपालिकामा ३०,  पोखरिया नगरपालिकामा ५, जगरनाथपुर गापामा १, धोबिनी गापामा २, पर्सागढी नपामा २, सखुवापरसौनी गापामा ५, कालिकामाई गापामा १४, ठोरी गापामा २, पकहामैनपुर गापामा ५, बहुदरमाईमा ४, छिपहरमाई गापामा २, पटेर्वासुगौली गापामा ५ र जीराभवानी गापामा ५ जना हात्तीपाइले रोगी रहेको जानकारी दिए । सन् २०३५ सम्म नेपालबाट हात्तीपाइले रोग निर्मूल पार्ने नेपाल सरकारको उद्देश्य रहेको मण्डलले बताए ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा  भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here