- बैधनाथ श्रमजीवी
यतिबेलाको मानव समाज तीव्र विकासको अवस्थामा छ । पहिले कहिल्यै यति धेरै प्रगति र विकास भएको थिएन । आजको प्रगति र विकासलाई यसरी सम्भव बनाउने अवस्था मुख्यतः विज्ञान र प्रविधिमा आएको गुणात्मक फडकोले गर्दा नै हो । वैज्ञानिक वा द्वन्द्वात्मक भौतिक दृष्टिकोणले विकासलाई नियाल्दा कुनै पनि युगको विकासमा विभिन्न चरण रहेको स्पष्ट देख्न सकिन्छ । मानव समाजको विकासको क्रममा देखा परेका आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग तथा पूँजीवादी युगहरूको परिप्रेक्ष्यमा समेत यी सबै युगहरूका पनि अनेकौं चरण देखिन्छ । जस्तो कि जङ्गली अवस्था अर्थात् आदिम साम्यवादी समग्र युगभित्र जङ्गली र बर्बर गरी दुई उपयुग वा दुई चरण देखिन्छ । त्यसैगरी दास युग र सामन्तवादी युगपछि उदाएको पूँजीवादी युगमा चार उपयुग वा चरण स्पष्ट देख्न सकिन्छ ।
पूँजीवाद प्रारम्भमा व्यापारिक पूँजीवाद थियो । दोस्रो चरणमा औद्योगिक वा प्रतिस्पर्धात्मक पूँजीवाद भयो । लेनिनको समयमा एकाधिकारवादी पूँजीवादको उपयुग थियो । आज पूँजीवाद भूमण्डलीकृत उपयुग वा चरणमा तीव्र गतिले अगाडि बढ्दै छ ।
माक्र्सवादी दर्शनले प्रत्येक चीजको उत्पत्ति, विकास र विनाशको सामान्य अवस्थामा मुख्य कारण त्यही चीजभित्र हुन्छ भन्ने विश्लेषण द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको आधारमा गर्छ । यस अर्थमा मानव समाजको विकासलाई पनि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्दा प्रत्येक युगको उत्पत्ति विकास र विनाशको मुख्य कारण त्यसै युगभित्र हुन्छ । जस्तो कि सामन्तवादलाई नष्ट गर्ने पूँजीवादी युग व्यापारिक पूँजीवादको रूपमा सामन्तवादभित्रै जन्मिएको थियो । त्यसैगरी पूँजीको वर्चस्व, मेशिनको बढोत्तरी, तथा मानवश्रमको तरीकामा आएको परिवर्तनसँगै व्यापारिक पूँजीवाद भित्रैबाट औद्योगिक पूँजीवाद आएको थियो । यसप्रकार औद्योगिक पूँजीवाद नै विकासको क्रममा एकाधिकार पूँजीवाद हुँदै यति बेलाको भूमण्डलीकृत पूँजीवादमा विकसित भएको स्पष्ट छ ।
कुनै पनि चीजको उत्पत्ति, विकास र विनाशलाई हेर्ने दुईवटा दृष्टिकोण छ । पहिलो माक्र्सवादी अर्थात् द्वन्द्वात्मक भौतिकवादी र दोस्रो आदर्शवादी । आदर्शवादले जहाँ कुनै पनि वस्तुको उत्पत्ति, विकास र अन्त्यको कारण अदृश्य शक्ति (ईश्वर) भनेर व्याख्या गर्छ त्यही माक्र्सवादले प्रत्येक वस्तुको उत्पत्ति, विकास र अन्त्यको कारण समाज आदिम साम्यवाददेखि भूमण्डलीकृत पूँजीवादसम्म विकास गर्नुको कारणमा देख्छ । जहाँ आदर्शवादले राजा, महाराजा, सम्राट्, वीर योद्धा, महापुरुष–महाशास्त्री, विद्वान्हरू वा ईश्वरको कृपाले वा इच्छाले सबै परिवर्तन हुन्छ भन्छ त्यही माक्र्सवादले मानव समाजमा हुने परिवर्तनमा मुख्य भूमिका वा कारण त्यहाँ विद्यमान रहेका उत्पादक शक्ति तथा उत्पादन सम्बन्धले खेल्दछ भन्छ ।
कुनै पनि युगको उत्पादक शक्तिको रूपमा धेरै चीज हुन सक्छ । तर मुख्य उत्पादक शक्तिले नै त्यो मानव युगलाई टिकाउन, भत्काउन र नयाँ युगमा पु¥याउन मुख्य भूमिका खेल्दछ । मानव समाजलाई यसरी विश्लेषण गरिनुलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । अर्थात् ऐतिहासिक भौतिकवाद भनेको मानव समाजको द्वन्द्वात्मक भौतिकवादी विश्लेषण गर्नु नै हो ।
माक्र्सवादको मान्यता अनुसार मानव समाज पशु जगत्बाट श्रमद्वारा अलग भएको हो । श्रम भन्नाले औजार, सीप र प्रयोगको समग्रता हो भनेर बुझ्नुपर्दछ । यसरी पशुजगत्बाट अलग हुने लाखौं वर्षको प्रक्रियामा मानिसले प्रकृतिप्रदत्त शरीर, ढुङ्गा, काठ आदि औजार अथवा उत्पादक शक्तिको रूपमा प्रयोग ग¥यो तर ती आदिम औजारहरू उत्पादन गर्ने वा बढाउने सारका थिएनन् । बरु प्रकृतिले प्राकृतिकरूपमा गरेका उत्पादनलाई टिप्ने, खोस्रने, मार्ने अथवा समग्रमा भोजनको कामका लागि मात्र सहयोगी थिए ।
आगोको अविष्कारलाई मानव जीवनको पहिलो क्रान्ति मानिए पनि त्यो प्रकृतिले गरेको उत्पादनलाई परिष्कृत भोजन बनाउन, जीवनलाई थोरै सुविधा दिन र सुरक्ष्Fाको निमित्त मात्र काम लाग्ने स्तरमा थियो । यसबाट के प्रस्ट हुन्छ भने आदिम साम्यवादी युगभरि मुख्य उत्पादक शक्ति प्रकृति थियो । आठदेखि नौ हजार वर्षबीच तामा र फलाम मानिसले फेला पारे पनि ती धातुलाई प्रशोधन गर्ने प्रवृत्ति पत्ता नलाग्दासम्म तिनीहरूले मानव कामको तरीकामा गुणात्मक फेरबदल ल्याउन सकेनन् तर जब मानिसले धातु प्रशोधन गर्ने प्रविधिसहित आरनको आविष्कार ग¥यो त्यसपछि श्रमको भूमिका उत्पादनमा गुणत्मकरूपमैं बढ्न थाल्यो । यसले गर्दा कृषि, शिकार, रक्षा–प्रतिरोध तथा घरेलु जीवनमा गुणात्मकरूपमैं परिवर्तन हुन गयो । यति बेलासम्म समाजमा निजी सम्पत्ति नभए पनि भएको बचतमाथि कसको अधिकार भन्ने प्रश्न जन्मियो । त्यही बचतमाथि खास व्यक्ति वा समूहले कब्जा जमाउने प्रक्रियाले निजी सम्पत्ति र वर्गीय समाज उत्पन्न हुन पुग्यो ।
प्रशोधित धातुका ज्यावल र हतियार नबनेको भए मानिसको श्रम गर्ने तरीका फेरिंदैनथ्यो । अब मानवको भूमिका गुणात्मकरूपमैं फेरिएर उत्पादनको निमित्त मुख्य हुन पुग्यो । यसले गर्दा आदिम साम्यवादी समाजमा मुख्य उत्पादक शक्तिको रूपमा रहेको प्रकृति फेरिएर सहायक भूमिका रहेका मानव श्रमले मुख्य उत्पादक शक्तिको स्थान ग्रहण ग¥यो । यही उत्पादन शक्तिको परिवर्तनले आदिम साम्यवादी युग खुल्न पुग्यो र दास–मालिक युग शुरू भयो ।
विस्तारै दास–मालिक युगभित्रै उत्पादन बढाउन औजार तथा प्रविधि पनि विकसित हुँदै गएपछि फलामे हलो, गोरु, घोडा, राँगा आदि नारेर जोत्ने प्रविधिमा मानव समाज पुग्यो । पशुको प्रयोगले एकातिर दासको महŒव उत्पादनमा कम हुन थाल्यो भने अर्कोतिर बढी जमीन जोसँग, बढी उत्पादन उसैसँग भन्ने प्रवृत्तिले मुख्य उत्पादक शक्तिको रूपमा जमीन आयो र यहीबाट सामन्तवादी युगको शुरूआत भयो । यसरी उत्पादन शक्तिमा आएको परिवर्तनले पुरानो युगको ध्वंस गर्ने र नयाँ युग जन्माउने कुरा प्रस्ट हुन्छ । औजारहरूकै उत्पादनमा सहजतातर्फ विकास हुने क्रममा मेशिनहरूको विकासले व्यापारिक पूँजीवादी युगको शुरूआत हुन पुग्यो । व्यापारिक पूँजीवाद मेशिन तथा उत्पादन भएका अत्यधिक वृद्धिले गर्दा एकाधिकार पूँजीवाद (साम्राज्यवाद) तथा विज्ञान र प्रविधिको अत्यधिक विकासले उत्पादनमा प्रचुरताको अवस्था यतिबेला उत्पन्न गरेको छ । जसरी व्यापारिक पूँजीवाद एकाधिकारवादी पूँजीवाद बन्दै गर्दा सामन्तवादलाई ढाल्यो, ठीक त्यसैगरी अब भूमण्डलीकृत पूँजीवादलाई वैज्ञानिक समाजवादले निस्सन्देह ढाल्नेछ । किनभने भूमण्डलीकृत पूँजीवाद पतनोन्मुख शक्ति हो भने वैज्ञानिक समाजवाद उदीयमान शक्ति हो । यतिबेला विज्ञान र प्रविधिमा टेकेर कोरियाजस्तो सानो देशले अमेरिकाजस्तो साम्राज्यवादीलाई टक्कर दिएको घटनाबाट सबैले विज्ञान र प्रविधिको महŒव बुझिसकेका छन् । विज्ञान प्रविधि कसैको निजी विषय अहिले छैन । यसर्थ हिजोको उत्पादन सम्बन्ध अहिले फेरिइसकेको छ ।
उत्पादक शक्तिमा गुणात्मक परिवर्तन हुने भएपछि त्यसले तत्कालीन मानव जीवनलाई सहज, सरल तथा सुविधा सम्पन्न बनाउने कार्य मात्रै गर्दैन बरु नयाँ युग वा नयाँ उत्पादन सम्बन्धलाई पनि अनिवार्यरूपमा जन्माउन शुरू गर्दछ । यतिबेला मुख्य उत्पादन शक्तिको रूपमा विज्ञान प्रविधि आएपछि यसले मानव जीवनमा हिजोको तुलनामा सुविधाहरू पनि थपेको छ र पूँजीवादलाई भूमण्डलीकृतरूपमा शोषण गर्ने अवसर पनि सृजना गरेको छ । यसको मुख्य र क्रान्तिकारी पक्ष भूमण्डलीकृत साम्राज्यवादी पूँजीवादी व्यवस्थापन गर्ने र यसभित्रै वैज्ञानिक समाजवादी युग आरम्भ गर्ने हो ।