प्रस, वीरगंज, १५ चैत/

राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्साले वीरगंजमा आज जनजागरण ¥याली गरेको छ । घण्टाघरबाट निस्केको ¥याली नगर परिक्रममापछि घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

२०७४ को संविधान र सङ्घीयता खारेज गर, २०४७ सालको संविधान लागू गर, एमसिसी, गणतन्त्र, धर्मनिरपेक्षता खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था पुनः स्थापना गर नारा लगाउँदै प्रदर्शन गरिएको थियो ।

कोणसभामा पार्टीका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय, केन्द्रीय सदस्य अङ्गद ठाकुर, नगर अध्यक्ष जलेश्वर सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here