कीभ, १५ चैत/एएनआई/सिन्हवा
युक्रेन र रूसले मङ्गलवार टर्कीको इस्तानबुल शहरमा अर्काे चरणको शान्ति वार्ता शुरू गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमवार जनाएको छ ।
स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरू हुने वार्ता अघि युक्रेनी र रूसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ ।
यस अघि सोमवार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकोमा टर्कीको प्रशंसासमेत गरेका थिए ।
ूमलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछ, कुलेबाले ट्वीट गरेका छन् ।
रूसी प्रतिनिधिमण्डल सोमवार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ ।
युक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच प्रत्यक्ष वार्ताको तीन चरण पूरा भइसकेको छ । चौथो चरणको वार्ता भिडियो कन्फरेन्समार्फत भएको थियो । अब पाँचौं वार्ता हुँदैछ ।
टर्कीका राष्ट्रपति द्वारा रूस र युक्रेनलाई त्रासदी अन्त्य गर्न आग्रह
इस्तानबुल/एएफपी
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले मङ्गलवार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रूसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् ।
इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने वार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ । जारी द्वन्द्वमा २०,००० मानिस मारिएका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
सोमवार टर्की पुगेका दुर्ई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलोपटक हो ।
“दुर्ई पक्षको चासो छ, अन्तर्राष्ट्रिय समुदाय स्वीकार्य समाधानमा पुग्न सम्भव छ”–एर्डाेगानले भने ।
“यस त्रासदीको अन्त्य गर्ने दुर्ई पक्षमा निर्भर छ”–उनले जोड दिदै भने–“द्वन्द्वको निरन्तरता कसैको हितमा छैन ।”
टर्कीले मार्च १० मा युक्रेन र रूसी विदेशमन्त्रीहरूबीच पहिलो बैठक गत महीना युक्रेनमा आक्रमण भएपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो । रासस