न्यूयोर्क, १४ चैत/एएनआई

रूसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रूसले युक्रेनमा आक्रमण शुरू गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ वटा आक्रमण भएको जनाएको छ ।

रूसले युक्रेनमा गत फेबु्रअरी २४ देखि निरन्तर सशस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरूमाथि आक्रमण गर्नु आधारभूत मानव अधिकारविरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् ।

रूसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु भएको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनुपर्दछ, स्वास्थ्य संस्था माथि जस्तोसुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइँदैन ।”

रूसले युक्रेनमाथि आक्रमण गरेकोप्रति पश्चिमा देशहरूसहित विश्वभरका अधिकांश देशले रूसको आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकारवादी सङ्गठनहरूले पनि तत्काल आक्रमण रोकेर वार्तामार्फत शान्ति कायम गर्न रूसलाई आग्रह गरेका छन् ।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ –जेलेन्स्की

कीभ/सिन्ह्वा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रूससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमवार उल्लेख गरेको छ । “हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुनस्र्थापना हो,” जेलेन्स्कीले भने ।

वार्तामा अन्य शीर्ष कीभ प्राथमिकताहरूको रूपमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र प्रभावकारी सुरक्षा प्रत्याभूतिहरू लगायत विषय उठाएका छन् ।

आइतवार, युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियाँले युक्रेन र रूसबीचको अर्काे चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने बताए ।

युक्रेनी र रूसी प्रतिनिधिमण्डलहरूले फेबु्रअरी २८ देखि बेलारूसमा व्यक्तिगतरूपमा तीन चरणको वार्ता गरिसकेका छन् । चौथो चरण भिडियो कन्फ्रेन्सको ढाँचामा मार्च १४ मा शुरू भएको हो ।

टर्कीका राष्ट्रपतिले युक्रेनको मध्यस्थतामा मन्त्रिपरिषद् बैठक आयोजना गर्ने

अङ्कारा/एएनआई/स्पुतनिक

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले सोमवार युक्रेन र रूसबीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ ।

एर्डाेगानले आइतवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।

उनीहरूबीच रूसी र युक्रेनी वार्ताकारहरूबीचको अर्काे चरणको वार्ता इस्तानबुलमा हुने सहमति जनाइएको छ ।

ूबैठक भोलि दिउँसो शुरू भएर साँझसम्म चल्ने अपेक्षा गरिएको छ । युक्रेनमा अङ्काराको मध्यस्थता एजेन्डामा शीर्ष विषय हुने स्रोतले उल्लेख गरेको छ ।

एर्डाेगानले मार्च २४ मा ब्रसेल्समा हुने असाधारण शिखर सम्मेलनको छेउमा नेटोका सहयोगीहरूसँग गरेको वार्ताका बारेमा आफ्ना मन्त्रीहरूलाई जानकारी दिनेछन् ।

 “राष्ट्रपतिले मन्त्रीहरूको प्रतिक्रिया प्राप्त गर्नका लागि आफ्ना सम्पर्कहरूको बारेमा आफ्नो टोलीलाई जानकारी गराउनुहुनेछ,” स्रोतले बताएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here