प्रस, भिस्वा, १३चैत/
भिस्वाबाट फेरि परम्परागतरूपमा तस्करी शुरू भएको छ । यस अघि सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलले यहाँबाट भइरहेको परम्परागत तस्करीलाई बन्द गराएका थिए । उनीविरुद्ध नै स्थानीय तस्करहरूले षड्यन्त्र रचेका थिए र उनको सरुवा भएपछि अहिले पुनः पुरानै शैलीमा तस्करी शुरू भएको छ ।
अहिले सशस्त्रमा राजेश्वरसाह तेली र नेपाल प्रहरीमा जीवन सुवेदी भिस्वाका इन्चार्ज छन् । उनीहरूकै नाकमुनिबाट तस्करी भइरहेकोले प्रहरी संलग्नता पुष्टि हुन्छ ।
दिनहुँ अहिले भारतबाट हार्डवेयर, बिजुली, खाद्यान्न, लत्ताकपडालगायत अन्य सामग्री साइकल, मोटरसाइकलबाट तथा पैदल भरियाहरूले ओसार्ने गर्छन् र प्रहरी त्यसको साक्षी बनेको छ ।
नेपालतर्फ सशस्त्र र जनपद प्रहरीले दैनिक रकम सङ्कलन गरिरहेका छन् । भारततर्फ एसएसबीका जवानले पनि रकम सङ्कलन गरिरहेका छन् । दुवैतर्फको मिलेमतोमा अहिले तस्करी बेरोकटोक भइरहेको छ ।
नेपालबाट कस्मेटिक, मरिच, इलाइची, छोहोडालगायत सामान भारत पु¥याइन्छ ।
भिस्वा बजार समितिको ट्याक्टरमा वीरगंजबाट खुद्रा सामान ल्याउने र अनुकूल समयमा भारत पठाउने गरिन्छ । बजार समितिले स्थानीय व्यापारीहरूको मालसामान वीरगंजबाट खुद्रा ल्याउने र पसललाई दिने परम्परा रहे पनि सोही आडमा भारत पु¥याउने सामानहरू ल्याउने गरिएको पाइएको छ ।
भारततर्फ सिकटामा छोटी भन्सार छ र त्यहाँ कर्मचारी छन् । नेपालतर्फ भिस्वामा पनि छोटी भन्सार कार्यालय छ तर त्यहाँ कर्मचारी छैनन् । भन्सार महसूल तिरेर मालवस्तु भिœयाउने परम्परा उहिले पनि थिएन र अहिले पनि छैन । नामको लागि मात्र छोटी भन्सार कार्यालय स्थापना गरिएको छ ।