वाशिङ्टन, १२ चैत/एएनआई

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको जनाएको छ ।

 “अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को कार्यकारी बोर्डले शनिवार अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधा अन्तर्गत ३० महीना विस्तारित व्यवस्थालाई अनुमोदन ग¥यो,” शुक्रवार विज्ञप्तिमा भनिएको छ । आइएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र निरन्तर उच्च मुद्रास्फीति”लाई कम गर्न शुरू गर्ने लक्ष्य राखेको छ ।

अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरीबीस्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफर छन् ।

यस पृष्ठभूमिमा अधिकारीको आर्थिक कार्यक्रमले व्यावहारिक र यथार्थपरक उद्देश्य सेट गर्दछ, बृहत् आर्थिक स्थायित्वलाई सुदृढ गर्न र अर्जेन्टिनामा गहिरो बसेका चुनौतीलाई सम्बोधन गर्नका लागि विश्वसनीय नीति बनाउन आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here