प्रस, वीरगंज, ११ चैत/
भोजपुरी प्रतिष्ठान, वीरगंजले शुक्रवार प्रतीक दैनिकको कार्यालयमा ‘भाव भोजपुरी‘ कार्यक्रम गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा र भोजपुरी लोकगायक शोद्धा यादवले गरेका थिए ।
शर्माले भोजपुरी लोक गीत–सङ्गीतको पुस्तान्तरण तथा मौसम अनुसारको लोक गीत–सङ्गीतको आयोजनतर्फ भोजपुरी प्रतिष्ठानलगायत सबैको ध्यानाकर्षण हुनुपर्ने जोड दिए । गायकद्वय शोद्धा यादव तथा छोटु यादवले चैतावर तथा विभिन्न भोजपुरी लोकगीत र जालन्धर यादवको ढोलकको गुञ्जले माहोल भोजपुरीमय भएको थियो । ‘धरती के गमके चैत महिनवा’लगायतका थुप्रै भोजपुरी लोकगीतहरूको संरक्षण हुनुपर्ने लोकगायक शोद्धा यादवले
बताए ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारिणीसभा सदस्य रितेश त्रिपाठी, ऋतुराज, उदयराज शर्मा, शीतल गौतम, दीपकराज शर्मा, अरविन्द सिंह, मोहन दास, महेश राम, राजेश मिश्रलगायतको सहभागिता थियो ।
वीरगंज टिभीका दीपक कुशवाहाले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।