लन्डन, ११ चैत/एएनआई

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गरेका छन् ।

उनका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ ।

खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरीब देशहरूमा पर्न सक्ने पनि उनले बताए ।

 “यसबारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विशेषगरी गरीब मुलुकहरूमा बढी पर्दछ,” उनले भने ।   

खाद्य पदार्थको मूल्यवृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रूपमा देखिंदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ । ऊर्जा सङ्कटका रूपमा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई समेत सङ्केत गरेको जनाइएको छ ।

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरीब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here