- समीर पाख्रिन
समय ः अपरान्ह्न । स्थान ः गण्डक–वीरगंज सडकखण्ड ।
प्रीतम अघि–अघि छ । रितालाई लिएर आकाश प्रीतमको पछि–पछि छ ।
रिता ः प्रीतमले हामीलाई चिन्यो भने त खेल बिग्रन्छ भाइ ।
आकाश ः चिन्दैन दिदी । तिमी सलले मुख छोपेर हिंड । मैले हेलमेट लगाएको छु । मेरो बाइक पनि त बेग्लै छ ।
रिता ः त्यो त हो । अब दश मिनेट जत्तिमा वीरगंज पुगिन्छ होइन त भाइ ?
आकाश ः पुगिन्छ दिदी ।
०००
समय ः उही । स्थान ः वीरगंजको घण्टाघर ।
उषाले पटक–पटक घडी हेरिरहेकी प्रीतमको प्रतिक्षामा तड्पी रहेकी जस्तो देखिन्छ । अङ्कितले उषालाई जागिर पाएको खुशीको खबर सुनाउन पटकपटक कल गरे पनि उषाले फोन काटिदिन्थ्यो ।
उषा ः यो भुखमरीले कति कल गरिरहेको होला ? एकचोटि काटिदिएपछि त बुझ्नुपर्छ नि यो प्रीतम पनि यतिञ्जेल त आइपुग्नु पर्ने । एक बजी सक्यो ।
प्रीतम चढेको बाइक उषा अगाडि आएर ठूलो आवाज गरेर घ्याच्च रोकिन्छ ।
कति ढिलो गरेको ?
प्रीतम ः मान्छे हेटौंडा नवलपुरबाट उडेर आइरहेको छ ढिलो पो भयो अरे, बस ।
उषा ः वाह ! रातो ज्याकेटमा त प्रीतम शाहरूख खान भन्दा कम नदेखिदोँ रहेछ ।
प्रीतम ः हो र ? हाहाहा (हाँस्छ) अनि आफू ति त आफू । कालो ग्लासमा कैटरिना भन्दा कम देखिएकी छौं नि त । एनी वे, कता जाने ? तिमीलाई जन्मदिनको उपहार पनि त किनी दिनु
छ ।
उषा ः त्यसो भए निलाम्बरी जाऔं । निलाम्बरी लेडिज आइटम्को लागि फेमश छ ।
प्रीतम ः हो ? ल बस ।
उषा मोटरसाइकलमा बस्न साथै प्रीतमको मोटरसाइकल मेनरोडहुँदै आर्दशनगरतिर पुगिन्छ । केही समय बित्न नपाउँदै रिता चढेकी मोटरसाइकल पनि घण्टाघर आइपुग्छ । घण्टाघर आइपुगेपछि भने उनीहरू अलमलमा पर्छन् । आकाशले प्रीतमको बाइक कतै देखि पो हाल्छ कि भनी बाइक रोकेर चारैतिर नजर डुलाउँछ तर कतै देख्दैन । दिदीभाइले नजिकैको पसलबाट एउटा एउटा लस्सी किनेर पिउँछन् । आकाश प्रीतम कता गयो होला भनी सोचमा परेको देखिन्छ ।
आकाश ः दिदी, भिनाजू पावर हाउससम्म त हामी अघिअघि थियो । खै, कता गयो होला ?
रिता ः त्यही त अब कहाँ खोज्ने होला ? (केही क्षण घोरिएपछि उत्तेजित भावभङ्गीमा) अँ साच्चै ! आकाश, तेरो भिनाजूले खै कोसित फोनमा गोपाल मिष्टान भण्डारमा डोसा खाने होइन् भनेर भनेको सुनेकी थिए । पक्कै पनि यो गोपाल मिष्टान भण्डार वीरगंजको कुनै होटल, रेस्टुराको नाम हुनुपर्छ । पख् म साहुजीलाई सोध्छु है । साहुजी, यहाँ गोपाल मिष्टान्न भण्डार कहाँ छ ?
साहुजी ः कहाँबाट आउनु भएको ?
रिता ः हामी हेटौंडाबाट ।
साहुजी ः यो दक्षिणतिर गएको बाटो नछाडी जानु, अगाडि माइस्थान चोक आउँछ । ठीक त्यही चोकको दायाँतिर छ ।
रिता ः धन्यवाद साहुजी ।
दिदीभाइ लस्सीको पैसा तिरेर अगाडि बढछन् ।
साहुजी ः गोपाल मिष्टान भण्डारको डोसा खान मानिसहरू टाढा टाढाबाट आउन थालेछन् । म चाँहि वीरगंजवासी भएर पनि आजसम्म डोसा खान गएको छैन । आज त म पनि परिवारै लिएर जानु प¥यो ।
०००
स्थान ः आदर्शनगरको निलाम्बरीबाट प्रीतम र उषा हाँस्दै बाहिर आउँछन् र मोटरसाइकलमा बसेर माइस्थान चोकतिर बढछन् । बाइक पार्क गरेर दुवै गोपाल मिष्टान भण्डारभित्र प्रवेश
गर्छन। दुवै असाध्यै प्रशन्न मुद्रामा देखिन्छन् ।
क्रमशः