प्रस, निजगढ, ३ माघ/

सामुदायमा आधारित सालक संरक्षण क्षेत्र स्थापनाका लागि एक दिने अन्तक्र्रिया कार्यक्रम निजगढमा सोमवार सम्पन्न भएको छ । सालक स्तनधारी र लजालु स्वभावको वन्यजन्तु हो । संसारमा ८ प्रजातिका सालक रहेको, जसमध्ये ४ प्रजाति युरोपियन मुलुक र ४ प्रजाति एशियन मुलुक पाइन्छ । एशियामा पाउने चार प्रजातिमध्ये कालो र तामे सालक नेपालमा पाइने जनाइएको छ । यसको संरक्षणमा जुट्न अति आवश्यक रहेको जानकार वक्ताहरूले बताए ।

यो प्रकृति, वनजङ्गल, मानव, खेतीपातीमा कुनै हानिनोक्सानी नगर्ने, खेतीपाती, वनजङ्गल सबैका लागि हितकारी र रक्षा गर्ने वन्यजन्तुको रूपमा पाइएको जानकारी दिइएको छ । यसको मुख्य आहारा कमिला, धमिरा रहेकोले वर्षमा दुर्ई लाखभन्दा बढी खाने गर्दा कमिला, धमिराबाट वनजङ्गलका बोट बिरुवा, रूख र खेतीबालीमा हुने हानिनोक्सानी, क्षति नियन्त्रण गर्न सालकको महŒव निकै रहेको गोष्ठीमा जानकारी दिइएको थियो ।

संसारभरि बढीमा एक लाखको सङ्ख्यामा रहेको अनुमान गरिएको र राति हिंडडुल गर्ने, आहारा खोज्ने स्तनधारी वन्यजन्तुमा सालक पर्दछ । यसको शरीरको खवटा बहुमूल्य कपडाहरूको टाँक बनाउन तथा जडीजुटीमा प्रयोग हुने र केही देशहरूमा मासु खाने गरेकाले पनि यो अति दुर्लभ वन्यजन्तुको सूचीमा रहेको छ ।

तराईको धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर र चुरे पर्वत, वन–जङ्गल र खेतीयोग्य क्षेत्रमा पाइने सम्भावना अधिक भएपनि मकवानपुरमा भने एक दशक अघिदेखि नै फेला परी संरक्षण अभियान जारी छ । खेतबारीमा विषादि प्रयोग गर्नाले कमिला, धमिरा नष्ट भएर आहाराका कमीले गर्दा यो लोप हुने अवस्थामा पुगेकोले यसको उचित संरक्षण नगर्ने हो भने दुर्ई/तीन दशकभित्र यसको अस्तित्व मेटिने सम्भावना रहेको विज्ञ एवं जानकारहरूले बताएका थिए ।

नेपालमा पहिलोपटक रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौंडाले सालक संरक्षणको लागि प्रयास गरी राष्ट्रियकरण गर्दै निरन्तर संरक्षणमा जुटेको वन समूहका कार्यालय सचिव भीमसेन पौडेल र सोही ठाउँको चुच्चे खोला सामुदायिक वन उपभोक्ता समूहले यसको संरक्षण, अभियानकै रूपमा गर्दै आएको अर्जुन दाहालले बताएका थिए ।

कार्यक्रममा देवनारायण मण्डल, प्रदीप सेढाईंले सहजीकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वन महासङ्घ प्रदेश नं. २ का अध्यक्ष सोमप्रसाद शर्माले अति दुर्लभ सूचीमा रहेको सालक संरक्षणमा सरोकारवालाहरू मात्र नभई राज्य पक्ष पनि जिम्मेवारीपूर्ण ढङ्गले लाग्नुपर्ने कुरामा जोड दिइएको थियो ।

जियोलोजिकल सोसाइटी अफ लन्डन युके (जेडएसएल) को आर्थिक सहयोगमा मिथिला वाइल्ड लाइफ ट्रस्ट जनकपुर र हिमालयन नेचर काठमाडौंको संयुक्त आयोजनामा निजगढस्थित होटल तारा इनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुरका करीब २५ जना सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here