सामान्य जनले त्यति बेला प्रेरणा लिन्छन् जब आदर्शको चर्चा गर्ने, नीतिवेत्ता, नियम बनाउने स्वयंले त्यसको पालना गर्छ। एक वर्षभन्दा बढी समय लू चल्यो। प्रजाको झुपडी फूसको बनेको थियो। मजबुत सामग्री उपलब्ध थिएन। मान्छे पनि लापरवाह हुन थाले, हरेक दिन अग्निकाण्डको घटनाको समाचार दरबारमा पुग्थ्यो। बिंबसारजस्तो दयालु राजाको लागि स्वाभाविक थियो कि उनले पीडितलाई सहयोग गरून्। धेरै अग्निकाण्ड भयो र सहायता राशि पनि पहिलेको तुलनामा निकै बढ्यो।
जनताको लापरवाही रोक्नको लागि राजाज्ञा प्रसारित भयो– जसको घरमा आगो लाग्छ, उसले एक वर्ष श्मशानमा बस्नुपर्ने दण्ड भोग्नुपर्छ। जनता सतर्क भयो। एक दिन राजाको भूसाको कोठामा आगो लाग्यो र हेर्दाहेर्दै जल्यो।
समाचार पाएपछि दरबारबाट राजालाई श्मशानमा बस्ने आज्ञा भयो। दरबारीहरूले सम्झाए– नियम त प्रजाजनको लागि हुन्छ, राजाले त नियम बनाउँछ, उनीमाथि नियम लागू हुँदैन। तर बिंबसारले कसैको कुरा मानेनन्। फूसको भूmपडी बनाएर श्मशानमा बस्न थाले।
समाचार फैलिएपछि सतर्कता सबैले अपनाए र अग्निकाण्ड हुने दुर्घटनाको सिलसिला समाप्त भयो।