नयाँ दिल्ली, १५ मङ्सिर/सिन्ह्वा
भारतमा हिजो मङ्गलवार आठ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
मङ्गलवार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कुल मृतक सङ्ख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जना सङ्क्रमणमुक्त भएका छन् ।