- राजेश मिश्र
“बबुओ दुवार पर दिया बार द । आ हे सुनतानी, रउआ आ बबुवा जाई लोगन आ मन्दिर, ब्रह्मस्थान आ इनार पर दिया बार के आई लोगन । हम जातानी तरुवा बरी पकावे,” एक महिलाले पति र छोरालाई द्वार तथा मन्दिर आदि धर्मस्थलमा दीप प्रज्वलित गरी पूजापाठ गर्न जानका लागि आग्रह गरिन् । उनले गाउँको कुम्हालसँग दियो खरीद गरेकी थिइन् । सुती कपडाको बत्ती तथा आलसको तेल घरमैं थियो ।
दिउँसो बुबा र छोरा मिलेर रङ्गीन कागजले घरभित्र र बाहिर सजावट गरिसकेका थिए । पूजापाठ सम्पन्न भइसकेपछि ती महिलाले दालभात पकाइन् । आलुकोे चोखा र धनियाको अचार बनाइन्। घ्यू र दहीको अग्रिम प्रबन्ध भइसकेको थियो । अहिले उनी आलु, प्याज तथा लौकाको तरुवा (पकौडी) पकाउने कार्यमा व्यस्त थिइन् ।
दशैं सकिए लगत्तै मानिसहरू दीपावली र छठ पर्वको तयारीमा व्यस्त हुन्छन् । फुस र खपडाको घरको मरम्मतपश्चात् लिपपोत गरिन्छ । त्यस्तै, पक्की घरहरूमा रङ्गरोगन गर्ने कार्य गरिन्छ । दीपावलीको अवसरमा घर, गोठ, कार्यालय, पसल र उद्योग आदिमा गच्छे अनुसार सजावट गरेर सुन्दर पारिन्छ ।
धार्मिक तथा सामाजिक महŒव रहेको दीपावली पर्व मनाउने प्रचलन पुरातनकालदेखि निरन्तर छ । लोकमान्यता अनुसार भगवान् पुरुषोत्तम श्रीरामचन्द्र १४ वर्षको वनवासपछि माता सीता तथा लक्ष्मणसहित कात्तिक मासको अमावस्याको दिन अयोध्या फर्किएका थिए । प्रिय राजा रामको आगमनले अयोध्यावासी हर्षविभोर थिए । दीप प्रज्वलित गरेर हर्षोल्लास मनाए । सोही बेलादेखि प्रत्येक वर्ष दीपावली पर्व मनाउन थालिएको किंवदन्ती छ ।
उहिले फुस र खपडाको घर बढी हुन्थ्यो । सामान्यतया दशैंको अगाडिदेखि नै घरको मरम्मतसम्भार तथा लिपपोतको कार्य प्रारम्भ हुन्थ्यो । दीपावलीको एक/दुई दिनअघि सबै काम सम्पन्न हुन्थ्यो । पहिलो चरणमा लिपपोत, दोस्रो चरणमा सरसफाइ तथा तेस्रो चरणमा सजावट आदि कार्य हुन्थ्यो । दीपावलीमा दियोको धेरै महŒव छ । उहिले सयवटा माटोको दियो खरीद गर्दा ९४ वटा काँचो र पाँचवटा पाकेको दियोसँगै एउटा माटोको घण्टा पाइन्थ्यो । दियोको खरीद–बिक्री अन्नपातले गरिन्थ्यो । दीपावलीमा माटोको दियो बाल्नका लागि सुती कपडाको बत्ती र आलसको तेल प्रयोग गरिन्थ्यो ।
उहिले न प्रशस्त शिक्षालय थिए, न शिक्षामा आम चासो थियो । आम जनजीवन नितान्तरूपमा कृषिमा समर्पित र परिश्रममा आधारित थियो । यद्यपि पुरातनकालदेखि प्रचलनमा रहेको चाडपर्वहरूको महŒव आजको वैज्ञानिक युगमा समेत अकाट्य छ । बरु बदलिंदो परिवेशमा बढ्दो कृत्रिम संसाधनको प्रयोगले चाडपर्वहरूको महŒव ओझेल हुन थालेको छ । उहिले दीपावलीमा दियोको प्रयोग किन गरिन्थ्यो ? जीवनमा सरसफाइको महŒव कति अहम् छ ? घर, कार्यालय, पसल, उद्योग आदि सफा किन राख्नुपर्छ ? वासस्थान तथा वरिपरि सरसफाइ कति आवश्यक छ ? यावत् प्रश्नहरूको उत्तर नै दीपावलीको मूलभूत मर्म हो ।
दीपावलीको महŒवलाई जीवन्तता प्रदान गर्ने माटोको दियोभन्दा पनि विदेशी संसाधनप्रति बढ्दो मोह आफैंमा विडम्बनापूर्ण छ । आज संसारमा कृत्रिम संसाधनको भरपूर प्रयोग भइरहेको छ । यसबाट दीपावली पनि अछूतो छैन । आज प्राकृतिक दीपको प्रधानता विभिन्न विद्युतीय उपक्रममा निर्भर छ । उहिले दीपावलीमा अपवादबाहेक माटोको दियो नै प्रयोग हुन्थ्योे । धेरैपछि मैनबत्ती प्रयोगमा आयो ।
अहिले दियोमाथि बिजुली बत्ती हाबी छ । प्राकृतिक दियोको उज्यालोले गाउँ तथा नगर प्रकाशमय हुन्थ्यो । स्वभावतः परजीवीहरू प्रकाशतर्फ बढी आकर्षित हुन्छन् । उहिले दीपावलीको उत्सवसँगै मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने परजीवीहरू दियोको ज्वालामा जलेर नष्ट हुन्थे । त्यस कारण दीपावलीपछि लामखुट्टेजन्य परजीवीहरूको प्रकोप प्रायः समाप्त हुन्थ्यो ।
आधुनिक भनिने मानव सभ्यता विभिन्न बहानामा प्रकृतिसँग टाढिंदै गइरहेको छ । प्रकृति तथा संस्कृति उपर आज आधुनिकता हाबी छ । फलस्वरूप विभिन्न प्राकृतिक प्रकोपको जोखिम पृथ्वीको प्राणीजगत्ले झेलिरहेको छ । तोरी वा आलसको तेल प्रयोग गरी प्रज्वलित गरिने दीपकको त्यो सुमधुर सुगन्ध आज लोपप्रायः छ ।
माटो, भुस, खर र परालको स्थानमा इँट, सिमेन्ट र फलामको डन्डीले लिएको छ । झ्याल र ढोकामा लगाइने तेलको स्थान विभिन्न रासायनिक रङ्गले लिएका छन् । मानिस प्रगति उन्मुख हुनुहुँदैन भन्न खोजिएको होइन । अपितु प्रकृति र संस्कृतिको संरक्षणप्रति जिम्मेवारी बोध हुनुपर्छ । प्राकृतिक सामीप्यतालाई टाढा पारेर प्राकृतिक सुखानुभूतिको परिकल्पना कसरी गर्न सकिन्छ ?
मानवीय जनघनत्व र संसाधनको विकासले धार्मिक उत्सवहरूको मूलभूत तŒव आज विलीन हुने क्रममा छ । जब उत्सवको शैली नै फरक हुन थाल्छ भने उत्सवको मूल तŒव लोप हुँदै जानु स्वाभाविक हो । आज असन्तुलित पर्यावरणको जोखिम विश्वव्यापी छ । विभिन्न कारणले पृथ्वीमा प्रदूषण र तापक्रम वृद्धि भइरहेको छ । मानवलगायत पृथ्वीका समस्त प्राणी जोखिममा छन् । यद्यपि हामी वर्तमानमा हर्षित छौं । भविष्यको कुनै चिन्ता नै छैन । आज मानवीय चेतना अचेततुल्य छ । दिनदिनै प्रकृतिबाट टाढा हुने काम हामीले गरिरहेका छौं ।
वर्तमान समयमा प्रायः पक्की घरहरू छन् । तसर्थ रङ्गरोगनको लागि रासायनिक रङ्ग निर्विकल्प छ । दीपोत्सवको लागि माटोको दियोको स्थान विद्युतीय बत्तीले ओगटेको छ । आजको समयमा खाद्यान्नको सवालमा शुद्धताको खोजी गर्नु फलामको चिउरा चपाउनुभन्दा पनि गा¥हो छ।
वर्तमान समयमा आफूले सोचेको, खोजेको र रोजेकोे सबै संसाधन बजारमा उपलब्ध छन् । गच्छे अनुसारको संसाधन खरीद गर्न सकिन्छ । आजको परिवेशमा अपवादबाहेक एकले अर्कोलाई ठग्ने प्रचलन खूब फस्टाएको छ । अहिले शुद्ध खानेतेलको कुरै नगरौं । जस्तै मिसावटयुक्त तेल बेच्नेले मिसावटयुक्त दूध खरीद गरिरहेको छ । औषधिमा ठगी गर्नेले चामल खरीद गर्दा ठगिनुपरिरहेको छ । यो त केवल उदाहरण मात्र हो । यसरी ठगीको चक्र जहाँबाट शुरू गरे पनि परिक्रमा गर्दै पुनः त्यहीं आइपुग्छ । उत्पादनकर्तादेखि अनुगमनकर्तासम्म जो भएपनि ‘म ठीक छु, त्यो खराब छ’ भन्दै एकले अर्कोलाई औंला ठड्याउने हालतमा छैनन् । यो तीतो सत्य हो ।
आफ्नो घरआँगन सफा पारेर अरूको घरअगाडि वा सडक वा सार्वजनिक स्थलमा फोहोर फाल्ने मानिसले दीपावली मनाउनुको कुनै अर्थ छैन । माटोको दियोको सट्टा विद्युतीय बत्तीको प्रयोग निरर्थक हो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । किनभने विद्युतीय झिलिमिलीले केवल सुन्दरता प्रदान गर्न सक्छ । यद्यपि मानवजीवनको लागि हानिकारक मानिने लामखुट्टेजन्य परजीवीलाई नष्ट गर्न सत्तैmन ।
अर्कोतर्फ विद्युतीय संसाधनले कुम्हाल जातिको दियो बनाउने पेशा अहिले सङ्कटमा छ । नेपालमा लामखुट्टेजन्य परजीवीको प्रकोपले सबैभन्दा बढी मधेसको जनजीवन आक्रान्त छ । एकातर्फ आधुनिक संसाधनले पर्वहरूको महŒवलाई कुण्ठित पारिरहेको छ । अर्कोतर्फ अदृश्यरूपमा देशको धनराशि पलायन भइरहेको छ । हामी आफ्नो संस्कृतिप्रति यदि वफादार छौं भने स्थानीय संसाधनको उपयोग गर्नुपर्छ । स्थानीय पेशा व्यवसायको उत्थानप्रति जिम्मेवार बन्नुपर्छ ।