समयमा नचेत्ने र समय घर्केपछि पछुतो गर्ने हामी नेपालीको पुरानो बानी हो । कोरोनाका कारण बाहिर चहलपहल घटेकोले वा नगरपालिकाको क्रियाशीलताले फोहर व्यवस्थापन राम्ररी भएकोले हो, बितेका केही महीना वीरगंजबाट लामखुट्टे हराएको थियो । लामखुट्टे हराउनुको अर्थ यसबाट सर्ने तमाम रोगहरूबाट मुक्ति हो । खासगरी नेपालमा विगतका दिनमा डेङ्गुको प्रकोप फैलिंदै गएको थियो । रोग नलागे पनि साँझ–बिहान लामखुट्टेको टोकाइले मानिसलाई आच्छुआच्छु पार्ने गरेको सामान्य कुरा हो । बाहिरबाट यहाँ आउनेहरूलाई वीरगंज लामखुट्टेको शहर भन्ने भान पर्नु स्वाभाविक भएको थियो । यद्यपि आजको दिनसम्म आइपुग्दा, ग्लोबल वार्मिङ अथवा पर्यावरणीय असन्तुलनको दबाबले नेपालमा हिमाली भेग छाडी सर्वत्र लामखुट्टेको पहुँच सहज भइसकेको छ । राजधानी काठमाडौंमा लामखुट्टे छिरेको झन्डै तीन दशक भइसकेको छ । मानिसको बसोवास बाक्लिंदै जाने, शहरी सुविधा जुटाउन नसक्ने, फोहर तथा नाली र ढलको उचित व्यवस्थापनको अभावले लामखुट्टेजस्ता परजीवी हुर्कनु स्वाभाविक हो । बितेको समयमा अनियोजित मात्र होइन, अचाक्ली शहरीकरण पनि भएको हो, जसले गर्दा देश नै लामखुट्टेमय भइसकेको छ ।

यति कुरा उठाउनुपर्ने आवश्यकता किन देखा प¥यो भने यस हप्तादेखि वीरगंजमा फाट्टफुट्ट लामखुट्टे देखा पर्न थालेको छ । कोरोनाको राप कम भएको छ, मानिसको चहलपहल बढेको छ, विभिन्न चाडपर्वहरू आउने तिथि नजीकिंदै गएको छ । निरन्तर वर्षाको वेग थामिएको छ र दुस्सह गर्मी खेप्नुपरिरहेको छ । यही हो लामखुट्टे प्रजननका लागि उपयुक्त समय । हिजोसम्म पानी परिरहँदा नालाहरूमा पानीको प्राकृतिक बहाव कायम थियो । अब नालाको पानी नालामैं बस्छ । पानी नालामैं बस्नु भनेको लामखुट्टेका अन्डाहरूले सुरक्ष्Fित वासस्थान पाउनु हो । पानी बगिरहँदा अन्डा बगेर जान्छ वा मर्छ । अब जीवित रहन्छ । एकपटकमा लाखौंको सङ्ख्यामा फुल पार्न सक्ने लामखुट्टेहरूको उत्पादनशीलताको अगाडि महागरपालिकाको कुनै जोर चल्दैन । त्यो पनि वीरगंजजस्तो महानगरपालिकामा जहाँ प्रायः नालाहरू खुला छन्, जसमा पानी आफैं बग्दैन, बगाउनुपर्छ । भनिन्छ यस्ता नबग्ने नाला, खाली जग्गा जहाँ पानी र फोहरको मेल हुन्छ लामखुट्टेका लागि आदर्श जन्मस्थल तयार हुन्छ, वीरगंजमा टोलपिच्छे होइन, घरपिच्छे यस्तो नाला र जग्गा पाइन्छ । यसमा निश्चय नै लामखुट्टे जन्मन्छ, हुर्कन्छ । यसर्थ दीर्घकालीन समाधानका लागि नाला बग्ने खालको, मुख ढाकिएको, खाली जग्गाहरूमा पानी जम्न नपाउने वा अल्पकालीन उपायको लागि निरन्तर कीटनाशक औषधि छरिरहनुको विकल्प छैन ।

युरोप, अमेरिकातिर यसरी लामखुट्टेको बिगबिगी भइदिएको भए उनीहरूले लामखुट्टेबाट पनि कोरोना सर्छ कि भन्ने अनुसन्धान गर्ने थिए होलान् । नेपालका लागि उनीहरूले अनुसन्धान गरिदिने कुरा आउँदैन, नेपालीले आप्mनै हैसियतमा यस्तो अनुसन्धान गर्ने परम्परा छैन, कसैको त्यसमा चासो पनि छैन । हो हामीले गर्न सक्ने भनेको लामखुट्टेजन्य रोगहरूबाट मुक्ति पाउन समय छँदै होश पु-याउनु र जुन उपाय सम्भव छ, त्यसबाट लामखुट्टे नियन्त्रण गर्नु हो । मौसममा पर्याप्त नमी र अचाक्ली गर्मी नै लामखुट्टे प्रजननको लागि उपयुक्त मौसम हो, अहिले त्यही बेला छ । तसर्थ यसमा तनिक विलम्ब नगरी सक्रिय हुनुबाहेक धर छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here