- सञ्जय साह मित्र
कहिलेकाहीं ओजोन तहबारे खुब चर्चा हुने गर्दछ । ओजोन तहमा प्वाल पर्दै गएको र यसले गर्दा पृथ्वीमा गर्मी बढ्दै गएको बताइन्छ । यसबाट पृथ्वीको तापमान वृद्धिमा सजिलो हुने मात्र नभई हानिकारक पराबैजनी किरण पृथ्वीमा आई धेरै नोक्सान पु¥याउने बताइने गरिएको छ ।
मालय मात्र होइन, अन्टार्कटिका महादेशमा पनि हिउँ पातलिन थालेको चाहिं ओजोन तहमा आएको ह्रासकै कारणले भन्ने पनि नसुनिएको होइन । ओजोनको निर्माण कसरी भएको हो र ओजोनले के गर्दछ भन्ने विषयमा पनि थोरबहुत परिचर्चा हुने गर्दछ । ओजोनको आवश्यकता र महŒवबारे पनि निकै प्रकाश पार्ने गरिन्छ ।
केही वर्षदेखि ओजोन तहबारे निरन्तर नकारात्मक समाचार आइरहेको सन्दर्भमा गत वर्षदेखि यस विषयमा सकारात्मक समाचार सम्प्रेषित भएका छन् । नेपालमा यससम्बन्धी समाचार त विश्वका विभिन्न एजेन्सीबाट आउने समाचार नै हो । गत वर्ष चैतमा आएको एउटा सकारात्मक समाचार यो थियो कि ओजोन तहको प्वाल पुरिन थालेको छ ।
मुख्यगरी अन्टार्कटिका महादेशमाथि ओजोन तहमा बनेको प्वाल पुरिन लागेको हो । ओजोन तहको प्वाल पुरिन थालिएको भन्ने सकारात्मक खबरमा यो पनि बताइएको थियो कि जलवायुमा उत्र्सजन हुने हानिकारक ग्याँस तथा धूवाँको मात्रा कम भएको छ । जब वातावरणमा हानिकारक ग्याँस तथा धूवाँको मात्रा बढ्छ तब ओजोन तहमा ह्रास आउन थाल्दछ र जब यसमा कमी आउँछ तब ओजोन तहमा सकारात्मक प्रभाव देखिन थाल्दछ । यसबाट यो देखिन्छ कि वातावरण र ओजोन तहबीच एक किसिमको सकारात्मक सम्बन्ध छ । वातावरणमा ह्रास आउँदा ओजोन तहमा ह्रास आउने देखिन्छ ।
गत वर्ष कोरोना सङ्क्रमणको भयावहता रहेको समयमा यो खबर आएको थियो । हुन त यसलाई कोरोनाको असर होइन भनिएको थियो । कोरोनाको समयमा विश्वका अधिकांश देशका अधिकांश उद्योग–धन्दा बन्द भएका थिए, लकडाउनले गर्दा धूवाँ फाल्ने यातायातका साधनहरूदेखि अन्य धेरै कुरा बन्द भएका थिए । संयोग पनि यस्तो रहेको थियो कि धेरै क्षेत्रमा वर्षा भइरहेको थियो । सबैले बुझेका छन् वर्षा हुँदा वातावरणमा सकारात्मक प्रभाव पर्दछ ।
धूलो र धूवाँ नहुनु र वर्षा हुनुले गर्दा ओजोन तहलाई हानि पु¥याउने तŒवको कमी हुन गएको र जसले गर्दा ओजोन तहमा हानि कम हुन गई सकारात्मक प्रभाव परेर ओजोन तहमा परेको प्वाल विस्तारै कम हुन थालेको होला भन्ने अनुमानलाई अस्वीकार गरिएको थियो । पृथ्वीको वातावरणमा सुधार आउनासाथ तत्काल नै जसरी वर्षाले वातावरणमा केही सुधार गर्दछ त्यस्तै पृथ्वीको वातावरण सुध्रिनासाथ तत्काल ओजोन तहमा सकारात्मक प्रभाव परिहाल्ने होइन रहेछ। पृथ्वीको ग्याँस उत्सर्जन अर्थात् ओजोन तहमा हानि पु¥याउने ग्याँस उत्पादनले पनि लगत्तै हानि नपु¥याउने रहेछ ।
ओजोनको तह निकै माथि पनि होइन रहेछ । वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलको तीस हजार फिटभन्दा माथि यो स्थायीरूपसे तह बनेर बसेको हुन्छ । ओजोन तह पातलिनु र पुरिनुसित पृथ्वीवासीको सरोकार रहेको छ । बुद्धिजीवीहरूले बुझेका छन् कि यातायातका साधन र औद्योगिक धूवाँका साथै विभिन्न रसायनले गर्दा ओजोन तह प्रभावित हुन्छ तर यो तत्काल प्रभावित नहुने भई केही समयपछि प्रभावित हुन्छ । यसकारण हरित वातावरणको अवधारणाले विस्तार पाइरहेको छ । जति धेरै हरियो वायुमण्डलीय प्रदूषण उति नै धेरै कम ।
कतिपय वनस्पतिमा नै धूलो वा धूवाँ शोषण गर्ने क्षमता हुन्छ भनिन्छ । यसकारण वनस्पतिमा जोड दिइएको पाइन्छ । अझ धेरै मात्रामा पुराना रूखबिरुवाहरू भए भने वातावरण जोगाउन अझ धेरै सजिलो हुन्छ । यसबाट यो स्पष्ट हुन आउँछ कि वातावरण र ओजोन तहको सकारात्मक सम्बन्ध रहेको छ । हामी सबैले दुई वर्ष जुन रूपमा कोरोनाको कहर भोग्यौं, यसले जीवनको धेरै क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव छोडेको सत्य हो तर वातावरणको क्षेत्रमा भने कोरोना कहरले सकारात्मक प्रभाव दिएको पनि उत्तिकै सत्य हो ।
यदि वातावरणसित ओजोन तहको सम्बन्ध हुन्छ भने विभिन्न क्षेत्रबाट वातावरण जोगाउन, वातावरणलाई हरियो बनाउन, नगरलाई हराभरा बनाउन, आफ्नो घर वरिपरि गमलामा भए पनि विभिन्न किसिमका हरिया वनस्पति र फूल लगाउन भनिन्छ, यसको तात्क्षणिक अर्थ वातावरण भए पनि दीर्घकालीन अर्थ ओजोन तह बचाउनु पनि हो भनेर बुझ्दा फरक पर्दैन ।
विश्वमा मनाइने अनेक दिवसमध्ये ओजोन तह बचाऊ दिवस पनि एक हो । यो दिवस हरेक वर्ष १६ सेप्टेम्बरका दिन मनाइन्छ । यस वर्ष यो दिवस भदौ ३१ मा परेको छ । यस वर्षको विश्व ओजोन तह बचाऊ दिवसको नारा रहेको छ ःMontreal Protocol – Keeping us, our food and vaccines cool. यसको भावार्थ हुन्छ ः खानेकुरा र खोप दुवैलाई सही तापमानमा राखौं ।
कोरोनाको भयावहताले विश्वलाई अझै छोडिसकेको छैन । विश्वको धेरै कुनामा अहिले पनि कोरोनाले कहर मचाएकै छ । यसै समयमा ओजोन तह बचाऊ दिवस मनाइँदा कोरोनासित सम्बद्ध गराइएको हुनुपर्छ । कोरोनाको त्रासबाट सुस्तरी उक्लँदै गरेको संसारलाई खानेकुरा र खोप दुवै अत्यन्त आवश्यक छ । लकडाउनले खानेकुरा प्रभावित भएको पनि नसुनिएको होइन । उत्पादनमा नै कतैकतै ह्रास आउने देखिएको छ । नेपालमा पनि जुन मलको अभाव देखिएको हो, त्यो केही हदसम्म कोरोनाको कारणले पनि हो ।
कोरोनाको समयमा खेती त भइरह्यो तर रासायनिक मलको उत्पादनमा भने कमी आयो । उद्योग धन्दा बन्द थिए । यसकारण जुन देशले उत्पादन गरेको थियो, त्यही देशलाई पुगिरहेको छ र अर्को देशलाई पठाउन कोरोनाको कारणले पनि मुश्किल परेको छ । यही अवस्थामा विश्वमा खानेकुराको भण्डारणलाई उच्च महŒव दिइनु आवश्यक छ । खोपलाई किन उचित तापमान चाहिन्छ भन्ने कुरो सबैले बुझेकै छन् । उचित तापमान खानेकुरा र खोपलाई दिन सकियो भने सुरक्षित रहन सकिन्छ ।
कोरोना महामारीको समयमा अहिलेसम्म देखिएको सबैभन्दा भरपर्दो विकल्प नै खोप हो । खोपप्रति सबैको विश्वास देखिएको छ । हुन त अझै पनि कतिपय मानिसको खोपप्रति अरुचि देखिएको छ तर विश्वमा सबैभन्दा भरपर्दो साधन खोप देखिएको अवस्थामा यसलाई सुरक्षित राख्न सकिने भनेको उचित तापक्रम नै हो । यसैले वर्तमान अवस्थालाई विचार गरेर यस वर्षको ओजोन तह बचाऊ दिवसको मूल नारा तय गरिएको हुुनुपर्छ भन्ने कुराको अनुमान लगाउन गाह्रो छैन ।
अहिले विश्वमा कोरोनाको महामारी झन्डै एकसाथ फैलिएर केही समयको अन्तरालमा धेरै देशमा धेरै किसिमले धनजनलाई नोक्सान पु¥याएकोले कोरोनाको मानवीय क्षतिबाट जोगिन धेरै हदसम्म प्रभावकारी मानिएको खोपको विषयमा त एक हदसम्म संसारले जानिसकेको छ । छोटो समयमा सबैभन्दा धेरै चेतना फैलिएको सम्भवतः कोरोनाको खोपकै विषयमा हुनुपर्छ तर अझै पनि ओजोन तहलाई बचाउने विषयमा भने संसारका सर्वसाधारण त्यति धेरै गम्भीर बन्न सकेको पाइँदैन । ओजोन तहले हामीलाई आकाशबाट नै रक्षा गरिरहेको छ ।
सूर्यबाट आउने पराबैजनी किरणलाई यही ओजोन तहले रोकेर राख्दछ र हामीकहाँ एक किसिमले शुद्ध घाम आउन सहयोग गर्दछ भन्ने कुरो धेरैले बुझेका छन् तर जतिले बुझेका छन्, सबैले ओजोन तह बचाउन सक्रिय भूमिका निर्वाह गर्न सकेका छैनन्, धेरैले बुझेका पनि छैनन् र ओजोन तह बचाउन सक्नै हैसियत र क्षमता राख्नेले अपेक्षाकृत काम गर्न पाएका छैनन् वा गरेका छैनन् । यस अवस्थामा ओजोन तह बचाउनको लागि धेरैतिरबाट अझ सकारात्मक भूमिका र पहल आवश्यक छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।
ओजोनबारे विद्यालयको पाठ्यक्रममा नै जानकारी राखिएको छ । जनचेतनाको दृष्टिकोणले यो निकै सराहनीय कदम हो तर धेरै नागरिक साक्षर हुनै बाँकी रहेको र गरीबीमा जीवनयापन गरिरहेको यथार्थलाई पनि मनन गर्नु आवश्यक छ । हुन त विपन्न नागरिक र निरक्षर नागरिकको ओजोन तह नाश गर्न भूमिका अत्यन्त न्यून हुनुपर्दछ र ओजोन तह बचाउन नैसर्गिकरूपमा यसै वर्गका मानिसले सबैभन्दा बढी योगदान पनि दिएको हुनुपर्छ ।
लामो समयदेखि मनाइँदै आएको ओजोन दिवसबारे सबैभन्दा बढी सचेत हुने बुद्धिजीवीवर्गले भने सामाजिक सञ्जालमा भए पनि चेतना वृद्धि गर्नु परेको छ । सामाजिक सञ्जाल सशक्त अनौपचारिक सञ्चारमाध्यम बन्न पुगेकोले यसको उपयोग ओजोन तहबारे चेतना जगाउन गर्न सकिन्छ ।
कम्तिमा आजको दिन, वीरगंजमा कतै धूवाँको मुस्लो देखिन्छ भने त्यसको फोटो तानेर सामाजिक सञ्जालमा राखौं । ओजोन तहसम्बन्धी दुईचार शब्द लेखौं । तत्काल प्रभाव नदेखिए पनि, पोस्ट गर्नेले थाहा नपाउनेगरी सामाजिक सञ्जालको विषयवस्तुले प्रभाव पारिरहेको हुन्छ । लाइक, कमेन्ट र शेयर नभए पनि धेरैले हेरिरहेका हुन्छन् र सम्झि–बुझिरहेका हुन्छन् ।