विनोद गुप्ता
कोरोना भाइरसले अहिलेसम्म विश्वभरि १६ करोडलाई सङ्क्रमित पारेर ३३ लाख मानिसको ज्यान लिइसकेको छ । भारतमा मात्रै सम्पूणर् विश्वको चालीस प्रतिशत कोरोना केस रहेको र भारतपछि सबैभन्दा बढी प्रभावित हुने मुलुक अमेरिका रहेको सन्दर्भमा अस्ट्रेलियाको Weekend Australian पत्रिकामा शेरी माक्र्सनको लेख प्रकाशित छ, जस अनुसार चीनको लिबरेशन आर्मीका वैज्ञानिकहरूले २०१५ मा नै जैविक-आयुध (Weekend Australian) का सम्बन्धमा चर्चा गरेको र Saars Covid मा genetic मैनिपुलेशनबाट रोग सार्न सक्ने क्षमता विकसित गर्न सकिने कुरा उल्लेख रहेको र यससम्बन्धी केही प्रामाणिक दस्तावेज अमेरिकासँग रहेको उल्लेख छ । साथै न्यून खर्चमा प्रतिपक्ष्ँी राष्ट्रको आर्थिक एवं सैन्य स्वरूप कमजोर गर्न सकिने यस प्रणालीबाट कहीं चीनले तेस्रो विश्वयुद्धको शुरूआत त गरेको होइन भन्ने प्रश्न उठाइएको छ, जसको चिनियाँ अधिकारीहरूबाट खण्डनसमेत आएको छ भने अमेरिका र भारतले यसमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
भारतको दक्षिणी राज्यहरूमा देखापरेको नयाँ भेरिएन्ट अहिले सङ्क्रमण गर्ने युके भेरिएन्टभन्दा १६ गुणा बढी खतरनाक रहेकोमा विश्व बैंकले समेत चिन्ता व्यक्त गरेको छ । हाल उपलब्ध हुने खोपहरू यसमाथि प्रभावकारी नहुने चिन्तासमेत विज्ञहरूलाई रहेको छ । भारतमा विगत सोमवार अर्थात् वैशाख २७ गते र मे १० तारिखदेखि नयाँ सङ्क्रमितको सङ्ख्या चार लाखबाट घटेर तीन लाख २५ हजारसम्म पुगेको र निको हुनेको सङ्ख्या पनि क्रमशः बढ्दै गएर ३.७५ लाखसम्म पुगेको तथ्य स्वास्थ्य मन्त्रालयको तर्फबाट सार्वजनिक गरिएको छ । यस्तोमा हाम्रो स्थिति हेर्दा वैशाख २९ गते सार्वजनिक गरिएका परिणाम अनुसार २०,३६५ जनाको परीक्ष्ँण गर्दा ९३०५ जना सङ्क्रमित भेटिएकाले ४५.६९ प्रतिशतमा सङ्क्रमण देखिन्छ ।
यस्तोमा नेपाली स्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो अन्तर्वार्तामा आगामी ३ सप्ताह अर्थात् जेठ १५ गतेसम्मको अवधि नेपालका लागि अत्यन्त संवेदनशील रहेको बताएका छन् ।
भारतबाट आएकाहरूबाट नै सरेको मानिएको युके भेरिएन्ट भारतबाट नेपाल आउने भारतीय र भारतमा काम गर्ने नेपालीहरू नेपाल फर्कन थालेपछि शुरू भएकोले नेपालको उत्कर्ष भारतभन्दा ढिलो आउने अनुमान गरिएको बुझिन्छ । नेपालको कोरोनाको स्थितिको सम्बन्धमा ११ मेको द गार्जियन पत्रिकामा प्रकाशित सुविना श्रेष्ठको एउटा लेखका अनुसार गत वर्षको पहिलो लहरमा अक्टुबर महीनामा सङ्क्रमणको सङ्ख्या दैनिक तीन हजारसम्म हुँदै जनवरी २०२१ मा ३०० दैनिकको सङ्ख्यामा झरेको सङ्क्रमण अक्सफोर्ड डाटा ट्र्याकिङ साइट अनुसार अप्रिलको ३ र ४ हप्तासँग तुलना गर्दा मई १ सम्म आइपुग्दा ६६८ प्रतिशत बढेर गएको पाइन्छ भने रेडक्रसकै तथ्याङ्क अनुसार मई १ सम्म परीक्षण भएकामध्ये ४४ प्रतिशत सङ्क्रमित फेला परेका थिए ।
अहिले नेपालभरि ६०० देखि १००० सम्म भेन्टिलेटर रहेको अनुमान छ भने वाशिंगटनस्थित इन्स्टिच्युट फर हेल्थ मेटेरियल इभेल्युएशन का अनुसार नेपालमा सङ्क्रमणको दर नथामिने हो भने मई २४ सम्म दश हजार थान भेन्टिलेटर आवश्यक पर्न सक्छ ।
पहिलो कुरा त यतिको सङ्ख्यामा व्यवस्थापन नै सम्भव देखिंदैन भने यी उपकरण राख्ने ठाउँ, चलाउने जनशक्ति र अक्सिजन आपूर्तिसम्मको विचार गर्दँ भय वा डरले दिमाग शून्य हुन पुग्छ । अहिलेको स्थिति सम्बन्धमा लेखिकाका एकजना चिकित्सक मित्रले आफू वा आफ्नो परिवारको कोही सङ्क्रमित भए कहाँ भर्ना भएर उपचार गराउने भन्ने डरले सधैं पिरोलिने गरेको भनाइ नै यथेष्ठ छ ।
यति भयावह स्थितिले जान्ने-बुझ्ने सबैलाई भयभीत पार्ने र डिप्रेशन हुने निश्चित छ । किनभने यसको उपचारमा प्रभावकारी मानिएको भारतीय वा रूसी खोप नेपाल आइपुग्ने अत्तोपत्तो छैन । बढ्दो रोगीहरूको चाप अस्पतालहरूले थेग्न नसक्ने भएको छ । कहीं अक्सिजन छैन, कहीं बेड छैन, कहीं जनशक्ति छैन भने सबैभन्दा लाजमर्दो समाचार देशको एक मात्र सरूवा रोग अस्पताल शुक्रराज ट्रपिकल अस्पतालले सामानको अभावमा परीक्ष्ँण बन्द गरेको छ भने देशभरि नै एन्टिजेन परीक्ष्ँण गर्ने किटको अभाव छ । विपत्को यो कस्तो व्यवस्थापन ? यो त शहरको अवस्था हो, गाउँ-देहातको हालत त झन् कहालीलाग्दो हुने नै भयो ।
केही पालिकाहरूले आफ्नै आइसोलेशन बनाउन सकेका छैनन् । भेरी, सेती र लुम्बिनी अस्पतालको अवस्था हामीसँग लुकेको छैन । यस्तो अवस्थामा भारतका विभिन्न सञ्चार माध्यमहरूले खुलारूपमा चिकित्सा सुविधा उपलब्ध नभएको स्थानहरूमा प्रत्यक्ष्ँ लक्षण अर्थात् ३ दिनभन्दा बढी ज्वरो, खोकी, छालामा बिमिरा, पखाला वा आँखामा कन्जक्टिभाइसजस्ता लक्ष्ँण मात्र देखा परेर श्वासप्रश्वासमा कुनै समस्या नभएको अवस्थाका लागि steroid, doxaycyclin औषधि एवं ज्वरोको लागि पारासिटामोल दिने सल्लाह सार्वजनिक गरिसकेको पाइएको छ । हुनत चिकित्सकको निगरानी र सल्लाहबाहेक यस्ता औषधि लिन नहुने मान्यता रहेको छ । त्यस मान्यताको सामना गर्दै नेपालको स्वास्थ्य अनुसन्धान परिषद् वा मेडिकल काउन्सिलजस्ता निकायले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी स्वास्थ्य चौकीमा रहेका मेडिकल वा पारामेडिकल स्टाफमार्फत गाउँघरमा औषधि खान सल्लाह दिने र श्वासप्रश्वासको समस्या देखिना साथ अस्पताल पठाउने व्यवस्था गर्न सकिंदैन ? भारतमा Dexameluisone, Predenisolone जस्ता औषधिहरू प्रभावकारी भएको कुरा समाचार माध्यमबाट सार्वजनिक भइरहेको छ ।
औषधि विज्ञानको सिद्धान्त अनुसार महामारी नियन्त्रण गर्न यस्तो सम्भव छ भने पहल गर्दा बेस होला । होइन भने जेठ १५ सम्म खोप आउने कुनै सम्भावना देखिएको छैन र शहरकै स्थिति यस्तो छ भने गाउँघरके के होला सहज अनुमान गर्न सकिन्छ । यस्तो राय दिनुपर्ने कारण वा बाध्यता के हो भने काठमाडौं विश्वविद्यालयका महामारी विशेषज्ञ डा. अर्चना श्रेष्ठका अनुसार नेपालमा कोभिड १९ को सङ्क्रमण दर विश्वमैं सबभन्दा बढी थियो, जुन अहिले दोस्रो स्थानमा पुगेको छ । पहिलो अवस्थामा भियतनाम १ः२.४ मा छ भने नेपाल १ः१.६ मा रहेको छ । सरल भाषामा भियतनाममा एक सङ्क्रमितले २० जनालाई रोग सार्छ भने नेपालमा १६ जनालाई ।
नेपालमा हाल ५१ प्रतिशतले सङ्क्रमितको सङ्ख्या बढेको छ जसको आधारमा गणना गर्दा नेपालमा प्रतिदश लाख सङ्क्रमितको सङ्ख्या ३०४ छ भने भारतमा २४० । त्यस्तै मृत्युदर पनि प्रतिदश लाख नेपालमा ३.३ र भारतमा २.५ मात्र रहेको छ । डा. श्रेष्ठका अनुसार नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा २२.६ मात्र रहेको छ । नेपालको पिसिआर परीक्ष्ँण दर ०.६४ प्रतिशत छ भने भारतमा १.२७ प्रतिशत भएको छ ।
यसका साथै WHO को परीक्ष्ँण परिणाम अनुसार समग्र मृत्युदर, भेन्टिलेटरमा राखिएको समय र अस्पताल बसाइको आधारमा रेम्डिशिभिर, हाइड्रोसिक्लोरोक्वीन, लोपिनाभिर र इन्टरफेरोनहरूको उपचारमा प्रभाव शून्य छ भने भारतको DRDO ले अनुसन्धान गरी एक हप्ताभित्र बजारमा ल्याउन सकिने दाबी गरिएको 2-DG नाम दिइएको औषधि हाम्रो लागि आकाशको फलसरह नै छ । यस अवस्थामा आउँदो २-३ हप्ता नेपालको लागि कहालीलाग्दो हुनु निश्चित छ । जेठ २ गतेसम्म पनि १९-२० हजारको परीक्षण गर्दा ८-९ हजार पोजिटिभ र निको हुनेको सङ्या ५-६ हजारभन्दा बढ्न नसकेको सरकारी तथ्याङ्कलाई नै आधार मान्दासमेत दैनिक सरदर तीन हजार नयाँ सङ्क्रमित हाम्रो स्वास्थ्य प्रणालीमा थपिंदैछन् ।
पर्सा जिल्लामा समेत नारायणी अस्पतालबाट जारी रिपोर्ट अनुसार २८८ जनामा ९५ जना सङ्क्रमित भेटिएका छन् । त्यसमा पर्सा जिल्लाका ५८ जना रहेका छन् । यति लामो निषेधाज्ञाका बावजूद सङ्क्रमण दर घट्ने कुनै लक्षण देखा नपरेको र पर्साका ग्रामीण क्ष्ँेत्रहरू खासगरी जगरनाथपुरको चीलझप्टी र पचगावाँका समाचारहरूबाट सावधान हुँदै सामान्य जान्ने-बुझ्नेले पनि अस्पताल देखाउने क्षेत्र बनेको यस समयमा आफ्नो स्वास्थ्यको आफैं रक्ष्ाँ गर्न N-95 mask वा साधारण खालको दोहोरो मास्क लगाउने, हात धुने, दुई मिटरको दूरी कायम गर्नुका साथै सकेसम्म बाहिर ननिस्कने गर्नु सर्वोत्तम उपाय हुन सक्छ ।