प्रधानमन्त्री केपीशर्मा ओली पराजित भएका छन्। सोमवार प्रतिनिधिसभामा भएको विश्वासको मत प्राप्त गर्ने क्रममा उनले यथेष्ट मत पाउन सकेनन्। उनकै पार्टीका २८ जना सांसद मतदानमा अनुपस्थित रहे। घर नै फुटेको नाइकेलाई बाहिरबाट कसले पो सहयोग दिने ? यो विषय आजको लेखको सन्दर्भ होइन, सन्दर्भको एउटा सानो अंश मात्र हो। किनकि यसले केही दिनसम्म देशमा चलिरहेको अव्यवस्थालाई झन् घनीभूत पार्नेछ। लायक वा नालायक जसले चलाएको भए पनि रेडिमेड सरकार थियो। अब सरकार बनाउने घम्साघम्सी चल्नेछ। कसले कति दिन चलाउने बार्गेनिङ हुनेछ, कुर्सीमा बस्न हतार गर्नेले फेरि सरकारविरुद्ध आन्दोलन चलाउने छ। जो आउने छ उसले कुनै करामात गर्नेछ भन्ने विश्वास पनि छैन। किनकि जो आए पनि पहिलेकै अनुहार हुनेछ, जसको लायकीयत र नालायकीयतबारे नेपाली जनता  पूर्णरूपले जानकार छ। र सत्ताको यस कुत्सित खेलमा नेपाली जनता पाकेको आम आँधीमा झरे सरह कोरोनाको आँधीबाट लम्पसार परिरहने छ।

कुनै पनि महामारीबाट जोगिन प्रकृतिले प्राणीमा प्रतिरोधक क्ष्Fमता विकसित गरिदिएको हुन्छ। जुन नयाँ महामारीबाट जोगिन शरीरमा प्रतिरोधक क्षमता हुँदैन, त्यससँग लड्ने क्रममा प्रतिरोधक क्ष्Fमता स्वतः विकसित हुने प्राकृतिक प्रावधान छ। तर विज्ञान र अत्याधुनिक प्रविधिहरूको विकास सँगै मानिस कृत्रिम इम्युन पावर विकसित गर्न सक्ष्Fम भएको छ। तर इम्युन पावर बढाउने यस्ता औषधिको खोप निर्माणमा समय लाग्छ नै। कोभिड १९ को खोप विकसित गर्न विकासशील मुलुकहरूलाई नै धौधौ परेको थियो। अहिले धेरै मुलुकले खोप विकास गरिसकेका छन्। नेपालमा पनि अति गम्भीर र संवेदनशील क्ष्Fेत्रमा कम्तिमा एक डोज खोप दिइएको छ। तर नेपाल स्वयं आफूमा निर्बल र स्वार्थी राजनेताहरूको,  जुन कुरामा कमिशन नै चाहिने, अवस्थाले गर्दा दोस्रो खोपमा बाधा उत्पन्न भएको छ। आफूले पैसा खर्च नगर्ने, अरूको दयाको भरमा नागरिकलाई बाँच्न बाध्य बनाउने, आफूले खरीद गर्दा कमिशन नै चाहिनेजस्तो समस्या त थियो नै, अहिले त झन् कमिशन पोको पार्ने सरकार नै आइसियुमा झुन्डिएको छ, जसले अवस्थालाई जटिल बनाएको छ। आफैं त महादेव उत्तानटाङ, कसले देला वरदान भन्ने अवस्थामा अहिले नेपाली जनता पुगेको छ।

कोभिड–१९ को पहिलो लहर बिस्तारै सेलाएसँगै मानिस यति लापरवाह भए कि दोस्रो लहर आउनासाथ हाम्रो विकसित भएको भनिएको हर्ड इम्युनिटी उत्तानो प–यो। सरकारले जानेको एउटा मात्रै उपाय थियो, जुन अहिलेको अवस्थामा उत्तम उपाय पनि हो–निषेधाज्ञा, जारी गरिदियो। तर कोभिडको दोस्रो लहर, जुन पहिलोभन्दा चर्को थियो, समुदायमा मात्र होइन, घरघरमा पसिसकेको थियो। जो शारीरिकरूपमा बलिया थिए, ती युवा, जसमा इम्युन सिस्टम बलियो हुन्छ भनिन्थ्यो, ती पनि दोस्रो लहरको चपेटमा आउन थाले। यस्तोमा सबै काम छाडी खोप र औषधिको प्रबन्ध गर्नुपर्ने सरकार राजनीतिलाई फोहर पारेर सत्ताको खेलमा रमाइरह्यो। यद्यपि राजनीतिको यो अध्याय समाप्त भइसकेको छ, अब दोस्रो अध्यायको पारायण शुरू भएको छ। त्यसमा केही समय लाग्ला, त्यसपछि सरकार बन्ला, सरकारमा बस्नेहरू आफ्नो सुरक्षा (कुर्सी, कमिशन, अर्थ)को समस्या समाधानमा तल्लीन होलान्, त्यसपछि मात्र कोरोनाबारे सोच्लान्। यी सबले अहिले अवस्था झन् जटिल बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here