आइआइटी मद्रासका पूर्व विद्यार्थीले थ्रीडी प्रिन्टरबाट केवल ५ दिनमा सिमेन्ट–कङ्क्रिटको घर बनाएका छन्। चेन्नई क्याम्पसमा ६ सय वर्गफिट क्ष्Fेत्रमा यस विधिबाट एक तले घर बनाइएको छ। पारम्परिक निर्माणमा लाग्ने लागतभन्दा यसमा ३० प्रतिशत कम खर्च भएको छ।

यो घरको डिजाइन पनि विद्यार्थीहरूले नै गरेका हुन्। यसलाई हाउसिङ क्ष्Fेत्रमा क्रान्तिकारी प्रविधि मानिंदैछ। भविष्यमा सस्तो र बलियो घर बनाउनको लागि बिल्डको सट्टा प्रिन्ट शब्द प्रयोग हुन सक्छ। घरनिर्माणको लागि एउटा विशाल थ्रीडी प्रिन्टरको प्रयोग गरिएको थियो, जसले कम्प्युटराइज्ड थ्री डायमेन्शल डिजाइन फाइललाई स्वीकार गर्दै तह–तहमा आउटपुट दिन्छ। कच्चा सामग्रीको रूपमा यसमा सिमेन्ट, कङ्क्रिटको गारो प्रयोग गरिन्छ। यो प्रविधि आइआइटी मद्रासका मैकेनिकल र इलेक्ट्रिकल इन्जिनीयरिड्ढा तीनजना पूर्वविद्यार्थी आदित्य बिएस, विद्याशङ्कर सी र परिवर्तन रेड्डीको टिवास्ता मैन्युफैक्चरिङ सोल्युशन्सले विकसित गरेको हो।

६ सय वर्गफिटमा बनेको यस घरमा एउटा बेडरूम, हल, भान्सा र अन्य जरुरी भाग छन्। विद्याशङ्कर भन्छन्– ठूलो मात्रामा एकसरह घर बनाउँदा पाँच दिनमा एउटा घर तयार गर्न सकिन्छ। साथै आफ्नो इच्छा अनुसारको घर पनि बनाउन सकिन्छ।

आइआइटी मद्रासका निर्देशक प्राध्यापक भास्कर राममूर्तिले भने– जसरी किसानहरूले बोरवेल भाडामा लिन्छन्, त्यसै प्रकार यो थ्रीडी प्रिन्टर पनि भाडामा लिन सकिन्छ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here