प्रमोद यादव, पंचगावाँ, १९ वैशाख
पर्सा जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेको र वीरगंजका चिकित्सकहरूले पिसिआर, एन्टिजेन परीक्षणविना रुघा, खोकी, ज्वरो आदिका बिरामीलाई हेर्न छाडेपछि ग्रामीण क्षेत्रका औषधिपसलेहरूले यस अवसरको फाइदा उठाइरहेका छन् ।
रुघा, खोकी, ज्वरो भएका बिरामीहरू सरकारीस्तरमा सञ्चालित स्वास्थ्य केन्द्र, चौकीहरूमा गएर उपचार गर्न छाडेर अहिले निजी क्लिनिकमा इजाजत नलिएका स्वास्थ्यकर्मीहरूलाई देखाउने र औषधिपसलेहरूस“ग सोधेर जथाभावी औषधिसेवन गर्न थालेका छन् ।
यहा“का बिरामीहरू वीरगंज र जीतपुरमा चिकित्सकहरूलाई देखाउ“दै आएका थिए । निषेधाज्ञाको कारण अहिले सो स्थानमा जान सहज नभएको र जानेहरूलाई पनि त्यहा“का चिकित्सकहरूले पिसिआर, एन्टिजेन परीक्षणपछि मात्र चेकजा“च गरिरहेको हल्ला गाउ“मा फैलिएकाले अहिले यहा“ यो अवस्था आएको हो ।
इजाजत नलिएका स्वास्थ्यकर्मी, औषधिपसलेहरूले जथाभावी एन्टिबायोटिक औषधि दिने गरेको पाइएको छ ।
उपचार विधि नजानेकाहरूले एन्टिबायोटिक औषधिबाट रोग निको पार्न थालेपछि अहिले निजी क्लिनिक, औषधिपसलहरूमा भीड बढेको छ । सखुवाप्रसौनी गापा–३ का विनोद यादव भन्छन्– कुनै परीक्षणविना अन्दाजको भरमा औषधि दिने र उनीहरूले दिएको औषधिसेवन गर्नेहरूको सङ्ख्या बढेको छ । यसबाट भविष्यमा थप जोखिम निम्तन सक्ने उनले बताए ।
बलिराम शुक्ला, बिरुवागुठी/
गर्मी बढेस“गै भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरू बढेका छन् । एकजनामा लागेको ज्वरो, रुघाखोकीले घरपरिवार अनि समाजलाई प्रभावित पार्न थालेको छ । पर्सागढी नगरपालिका–३ निवासी कृष्णा कुमारीका अनुसार भाइरल ज्वरो, रुघाखोकीका बिरामी नभएका नगरपालिकामा बिरलै घर भेटिन्छन् ।
कोरोनास“ग मिल्दोजुल्दो रोगको लक्षण भएकाले अहिले पर्सागढी नगरपालिकाका मानिसहरू निजी क्लिनिकमा रोगको उपचार गराइरहेका छन् । निषेधाज्ञाले जीतपुर, वीरगंज जान नसकेका यहा“का मानिसहरू स्वास्थ्य केन्द्र, चौकी र निजी क्लिनिकमा जान थालेका हुन् । यसमध्ये केहीलाई पिसिआर, एन्टिजेन परीक्षणको लागि सुझाव दिए पनि उनीहरूले परीक्षण नगराएको एकजना स्वास्थ्यकर्मीले बताइन् । कोरोना परीक्षण गराउन सल्लाह दिएपछि केन्द्र र स्वास्थ्य चौकीमा नआउने र निजी क्लिनिक, औषधिपसलबाट औषधि खरीद गरेर सेवन गर्ने प्रचलन बढेको ती स्वास्थ्यकर्मीको बुझाइ छ ।
धर्मेन्द्र चौरसिया, पोखरिया/
पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीको प्रकोपले अधिकांश मानिस प्रभावित भएका छन्।
नगरपालिकाका ८० प्रतिशत मानिस अहिले यो समस्याबाट पीडित भएको अनुमान गरिएको छ । जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय गुप्ताले अहिले अस्पतालको आकस्मिक कक्षमा यस प्रकारको समस्याग्रस्त करीब ५० जना बिरामी आउने गरेको बताए । उनले रोग निको हुन एकाध दिन लाग्ने बित्तिकै उनीहरू निजी क्लिनिकमा धाउने, औषधिपसलबाट जथाभावी औषधि लिएर खाने गरेको बताए । केही दिनदेखि ज्वरो निको नहुने, रुघाखोकीले सताइरहनेलाई पिसिआर परीक्षण गराउन भन्दा उनीहरू अटेर गर्दै आएको बताए । पोखरियामा स्वाब नमूना सङ्ढलन केन्द्र छ“दा यो समस्या थिएन ।
शङ्ढास्पदहरूको स्वाब लिएर नारायणी अस्पताल वीरगंज पठाउने र रिपोर्ट पोजिटिभ हुनेहरूलाई सोही अनुसारको सचेतना गराएर घरमा बस्नेलाई घरमा र अस्पताल भर्ना हुनेलाई अस्पताल भर्ना गराउने कार्य हु“दै आएकामा अहिले सबैजना वीरगंज जानुपरेकाले समस्या देखिएको हो । स्वाब दिन वीरगंज जानुपर्ने समस्याले पनि धेरैजनाले पिसिआर परीक्षण गराउन आवश्यक भएपनि गराएका छैनन् । जसले गर्दा यस प्रकारका बिरामीहरूको मृत्युपछि गाउ“टोलमा त्रासको वातावरण बन्दै गएको छ ।
सुग्रीव साह, भिस्वा/
रुघा, खोकी, ज्वरो लागे पनि गाउ“टोलमैं उपचार गराउने कारणले आइतवार एकजनाको मृत्यु भएको छ । भारतीय सीमास“ग जोडिएको छिपहरमाई गाउ“पालिका–३ का एकजना ४५ वर्षीय सङ्क्रमितको आइतवार बिहान नारायणी अस्पतालमा मृत्यु भएपछि उनी बस्ने झलमहियाटोल सिल गरिएको छ । ज्वरो, रुघाखोकी हु“दा उनले टोलमैं उपचार गराएका थिए । ती लक्षणले ग्रस्त भएपछि अस्पताल लगिएका उनमा एन्टिजेन परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो र लगत्तै केही घण्टामैं उनको मृत्यु भयो । उनको मृत्युपछि टोलवासीमा भयको वातावरण छाएको छ । भारतस“ग जोडिएको कारण मूल बाटो मानिसहरूको आवतजावत नभए पनि चोरबाटो आवतजावत रोकिएको छैन । अझ अहिले वैवाहिक कार्यक्रम भएकाले दुवैतर्फका मानिस ओरिया खोला भएर पैदल आवतजावत गर्दैछन् । यस्तोमा कसबाट कसमा कोरोना सर्यो भन्न सकिन्न । त्यसमा पनि कोरोनास“ग मिल्दोजुल्दो लक्षण हुनेहरूले पनि परीक्षण गराएर सुरक्षित हुनुभन्दा अनावश्यक औषधिसेवन गर्ने गरेका छन् । आफूखुशी सेवन गरेको औषधिबाट निको भएपछि फुर्ती देखाउने र निको नभएर समस्या बल्झिएपछि भयभीत हुने गरेको पाइएको छ । उनीहरूलाई यस विषयमा सचेत गर्न कुनै पनि संस्था वा स्थानीय तहले पहल गरेका छैनन् ।