संसारभरि नै खासगरी हामीलाई प्रत्यक्ष्F असर पार्ने भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ। युरोपका अति सम्पन्न र स्वास्थ्य सजग मुलुकहरूमा यसबाट बचाउका लागि कडा खाले लकडाउनको घोषणा भइरहेको छ। भारतमा नै दिनदिनै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको समाचार आइरहेको छ। भारतको महाराष्ट्र राज्य, जहाँ पहिलो चरणको कोरोनाले त्रासमात्र मचाएको थिएन, सर्वाधिक भारतीयको मृत्यु र सङ्क्रमण पनि यहीं देखा परेको थियो। अहिले पनि महाराष्ट्रमा पहिलेझैं अवस्था देखिएको छ। राज्य सरकारले कडा प्रतिबन्ध लागू गरेको छ। यहाँ रातिको बेला कफ्र्यु नै लगाउने गरिएको छ भने सार्वजनिक बिदाका दिन तथा शनिवार र आइतवार कडा बन्दाबन्दी गर्ने घोषणा भएको छ। भनिरहनुपर्दैन, एक वर्ष पहिले कोरोनाको पहिलो आक्रमण हुँदा भारत भएर नै यो महामारी नेपाल प्रवेश गरेको थियो। त्यस बेला सरकार केही सजग, सतर्क देखिएको थियो, तत्काल लकडाउन र बाहिरबाट आउने आफ्ना नागरिकलाई क्वारेन्टिनमा बस्नुपर्ने तथा अन्यलाई देशभित्र प्रवेशमा नै प्रतिबन्ध लगाएको थियो। यद्यपि त्यो व्यवस्थामा कति छिद्र थियो, त्यो बहसको विषय हो।
अहिले पनि त्यही महामारी आफूलाई अझ सशक्त बनाई नयाँ रूप फेरेर आएको छ। विदेशबाट आएका एकाध नेपाली नागरिकमा पनि दोस्रो चरणको कोरोनाको असर फेला परिसकेको छ। नेपालमा भने सरकारले त्यसका लागि कुनै कार्यक्रम अघि सारेको छैन। यहाँ केही व्यक्तिले पहिलो खेपको खोप लगाएका छन्। यद्यपि सरकारले कोरोना महामारीबाट प्रत्यक्ष्F प्रभावित हुन सक्ने समूहहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायत धेरै जनसम्पर्कमा रहने सरकारी कार्यालय तथा निजी प्रतिष्ठानका कर्मचारी तथा ज्येष्ठ नागरिक, दीर्घरोगीहरूलाई पनि पहिलो चरणको खोप लगाइसकेको छ। तर यो नीतिको पूर्णतः कार्यान्वयन भयो भएन, त्यसबारे अन्योल छ। किनकि सरकारले भारतबाट अनुदानमा आएको १० लाख खोपमात्र अहिलेसम्म प्रयोग गरेको छ। चीनबाट प्राप्त अनुदान आउन बाँकी छ, अपुग खोप सरकारले आफैंले पनि खरीद गर्ने कुरा आएको त हो, तर आयो, आएन थाहा छैन। तात्पर्य के भने संवेदनशील मात्र सबै मानिसलाई पहिलो खोप नै लगाइसकिएको छैन। आफ्नै सत्ता जोगाउन धौ–धौ परेको बेला सरकारले गरेको एउटै काम पनि नकारात्मक छ। सरकारले कोरोना नियन्त्रणको सजिलो बाटो रोज्यो, पिसिआर परीक्षण नै नगर्ने। परीक्ष्Fण नगरेपछि सङ्क्रण भयो–भएन थाहा हुँदैन। थाहा नहुनु हाम्रो सरल मनोविज्ञान अनुसार रोग नहुनु हो। यसको अर्थ कोरोनाको भाइरस बोकेर पनि हामी आफूलाई निरोगी नै मानिरहेका छौं। यसले यो महामारी समुदायमा फैलने खतरा सबैभन्दा बढी हुन्छ। यसको सबैभन्दा ठूलो खतरा हो कन्ट्याक्ट ट्रेसिङ गर्न असफल हुनु। हिजोसम्म कम्तिमा मास्क लगाएर, निर्धारित दूरी बनाउने चेतना पालेका मानिस पनि अहिले लापरवाह बनेका छन्। जसले खोप लिएको छ, उसको त कुरै बेग्लै भयो। खोप नलिएकालाई डर छैन भने खोप लिनेलाई झन् के डर ? जबकि वास्तविकता बिलकुल विपरीत हो। खोप लिएको मानिसलाई पनि सङ्क्रमण हुन सक्छ, यदि ऊ सङ्क्रमितको सम्पर्कमा आउँछ भने। यो खोपले कोरोना भाइरसलाई मार्ने होइन, अपितु कोरोना भाइरसविरुद्ध इम्युन पावर (रोग प्रतिरोधक शक्ति) बढाउने मात्र हो।