प्रस, निजगढ, २० चैत/
गर्मीयाममा पात–पति·र झर्न थालेपछि वनज·लमा डढेलो लाग्ने क्रम जारी छ।
वन डढेलोका कारण घाटगड्डीका लागि सुरक्षित स्थानमा राखिएका गोलिया जलेर नष्ट हुने खतरा बढेको छ। वनज·लमा कटान, मुछान गरी राखिएका गोलिया र आँधीहुरीले ढालेका रूखहरू सरकार तथा वन मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय बारा एवं मातहतका निकायले कटान, मुछान गरी घाटगड्डीमा राखी लीलाम बिक्री प्रक्रियामा रहेका छन्।
सरकारले एक वर्षयतादेखि वन पैदावर कटान, मुछानका लागि रोक लगाएसँगै घाटगड्डीमा रहेका वन पैदावरहरूको बिक्री वितरण बन्द छ। वैज्ञानिक वनको नाउँमा तराईका विभिन्न जिल्लामा अनियमित तरीकाबाट रूख कटान, मुछान गरिएको जनाउँदै प्राकृतिक स्रोत साधन व्यवस्थापन समितिको निर्देशनमा नेपाल सरकारले यथास्थानमैं रोक लगाउँदै आएपछि गर्मीयाममा ठूलो परिमाणमा रहेको गोलिया, रूख डढेलोले सखाप पार्न सक्ने सम्भावना अधिक रहेको छ।
प्रत्येक वर्षको चैत, वैशाख र जेठ महीना वनज·लमा अधिक डढेलो र आगलागी हुने समय हो। चोरी तस्करीहरूबाट जोगाउन वनक्षेत्रको विभिन्न सुरक्षित स्थानमा राखिए पनि डढेलोले घाटगड्डी गर्दै र चट्टा लगाउँदै राखिएको र वनज·लमा यथास्थानमैं रहेका साल, अस्ना, करम, टिक, सिसौंलगायत अन्य प्रजातिका गोलिया सखाप हँुदा मुलुकलाई अरबौं रुपैयाँ घाटा हुने डिभिजन वन कार्यालय बाराले जनाएको छ।डढेलो तथा आगलागीबाट ती गोलियालाई सुरक्षित राख्न हामीसँग एउटै मात्र उपाय हो, वरिपरिका पात–पति·रलाई पन्छाउने तर गर्मीयाममा हावाहुरीसमेत चल्ने भएकोले आगोको फिलि·ोलाई हावाले उडाइ डढेलो र आगलागी हुने सम्भावना बढी हुने डिभिजन वन कार्यालयका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए। दिगो वन कार्यान्वयनमा आउन ढिलाइ भइरहँदा वनज·लमा ढलेका, सुकेका रूख वन समूहले निकाल्न पाएका छैनन्।
माथिल्लो निकायबाट निर्देशन नआउन्जेलसम्म वन पैदावर सड्ढलन, कटान, मुछान गर्न आदेश दिन नसकिने वन कार्यालयको भनाइ छ। खेर गइरहेका वन पैदावरलाई सड्ढलन गर्न नसक्दा उपभोक्ताहरूलाई पनि वितरण गर्न सकिएको छैन।
एकातिर उपभोक्ताहरूको माग बढिरहेको छ भने अर्कोतिर सरकारले वन पैदावर सड्ढलन, कटान, मुछान गर्न इजाजत दिएको छैन। जसका कारण वनमा चोरी तस्करी बढेको बाराका अधिकांश सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरू बताउँछन्। अब सरकारले ढिलाइ गर्नुहुन्न। उपभोक्ताहरूको दबाब थेग्न गा–हो भइरहेको छ, उनीहरू भन्छन्।