प्रस, निजगढ, ९ चैत/
निजगढ–तामागढी–सिम्रौनगढ अन्तर्गतको सडक लामो समयपछि कालोपत्रे भएपछि वनक्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्न सक्ने सम्भावना रहेको छ।
राजमार्गमा जोडिएको निजगढस्थित सो सडकको तामागढीमा पसल, व्यवसायको नाममा वनक्षेत्र अतिक्रमण बढ्ने सम्भावना बढेको हो। सो सडक निर्माणको क्रममा सडकको दुवै किनारसम्म ग्रेभल भरेसँगै वनक्षेत्रको जमीन अतिक्रमण बढेको हो। अटो, भ्यानहरूसमेत यसरी सडक छेउछाउमा नै ग्राहकको प्रतीक्षामा पार्किङ गर्दै आइरहेका छन्। जसको कारण वनक्षेत्र अतिक्रमण बढ्न सक्ने देखिएको छ। मानवीय हिसाबले पार्किङ गर्न दिइँदा वनक्षेत्र अतिक्रमण बढ्न सक्ने अवस्था सिर्जना भएको तामागढी सबडिभिजन वन कार्यालय निजगढका प्रमुख एवं सहायक वन अधिकृत हरिशङ्कर साहले बताए।दुई/चार वटा अटो हुँदै एक दर्जन अटो पार्किङ भइरहँदा पार्किड्ढो व्यवस्था अन्यत्र स्थानमा गर्नुपर्ने उनले बताए। वनक्षेत्र अतिक्रमण हुने तरीका यही हो। सामान्य पसल घुम्ती हुँदै संरचना बनाउँदै जाने भएकोले पनि वन कार्यालयले निगरानी बढाइरहेको वन अधिकृत साहले बताए। यसरी वनक्षेत्रमा पार्किङ गरिएकाले बस, अटोबाट आवतजावत गर्ने यात्रुहरूले वनक्षेत्रमा शौच गर्दा दुर्गन्ध बढ्दै गएको छ।
विगतका वर्षदेखि नै कोल्हवी, सपही, अधनवा, हिमालीवास, खैरा, दुधिअवा, विजयपुरलगायत दक्षिणी भेगबाट अन्यत्र स्थान आवतजावत गर्नेहरूको केन्द्रबिन्दु निजगढस्थित तामागढी वनक्षेत्रको सडक बन्दै आइरहेको छ। सडक निर्माणसँगै मानिसहरूको आवतजावत बाक्लिंदै गएसँगै यातायातका साधनहरूसमेत वृद्धि भइरहेको छ। तर शौचका लागि संरचना र पिउने पानीको उचित व्यवस्था छैन।
तामागढी वन कार्यालयले यात्रुहरूका लागि राखिदिएको एउटा धारा छ। डीप बोरिङबाट निकालिएको पानीलाई टङ्कीसम्म सङ्कलन गर्न विद्युत् खपत हुन्छ। पिउनका लागि राखिएको धारामा अटो, गाडी धुने, कपडा धुने र पसलेहरूले समेत पानी भर्ने गर्दा पानीको खपत बढी भई विद्युतीय बील बढी आउँदा समस्या हुने गरेको वन कर्मचारीहरूले बताए।
प्रतिमहीना कम्तीमा पनि २ हजारदेखि ४ हजार ४५ सय रुपैयाँसम्म उठ्ने गरेको छ। यात्रुहरूका लागि पिउने पानी उपलब्ध गराउन कुनै समस्या भएन। तर पानी पिउनेभन्दा अन्य कार्यका लागि प्रयोग गर्दा समस्या निम्तिएको सहायक वन अधिकृत साहले बताए। देख्दासम्म रोकेका छौं। काम गर्ने क्रममा नदेख्दा पिउने पानीको दुरुपयोग हुने गर्दा समस्या आएको उनले बताए। “पानी तान्न विद्युत् प्रयोग गरे बापतको पुरानो बक्यौता रकममध्ये केही साताअघि मात्र १ लाख १० हजार रुपैयाँ तिरेको र गत मङ्सिर, पुस, माघ, फागुन महीनाको मात्रै २६ हजार ५६१ रुपैयाँ ३४ पैसा विद्युत्को बील उठेको छ,” सहायक वन अधिकृत साहले बताए।
यात्रुहरूका लागि राखिदिएको धारा हटाउँदा अर्को समस्या, राखिदिंदा रकम तिर्ने समस्या रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here