एक सातामा ३६ प्रतिशतले पर्सामा एचपिभी खोप लगाए

प्रस, वीरगंज, २७ माघ/
पर्सा जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस)विरुद्ध खोप एक सातामा १३९५७ जनाले लिएका छन् ।

यही माघ २२ गतेदेखि पर्सा जिल्लामा एचपिभी खोप वीरगंज महानगर अन्तर्गत वडा नं १ देखि १६, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिका गरी छवटा पालिकामा सञ्चालित छ । माघ २२ गतेदेखि २८ गतेसम्म पहिलो चरणमा यी पालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा माघ ३० गतेदेखि ६ गतेसम्म वीरगंज महानगरको वडा नं १७ देखि ३२ र पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनीमा खोप लगाइने स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले बताए ।

उनले पहिलो चरणमा १३९५७ जना (३६ प्रतिशत)ले खोप लगाएको जानकारी गराए । पर्सा जिल्लामा यो खोप ३८५५७ जनालाई लगाउने लक्ष्य रहेको छ । कक्ष्Fा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभी खोप लगाइँदैछ ।