सिम्रौनगढमा फागुन ४–६ गतेदेखि एचपिभी खोप अभियान

प्रस, सिम्रौनगढ, २७ माघ/
एचपिभी खोप अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतवार सिम्रौनगढ नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ ।

पालिकास्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा खोप अभियान सिम्रौनगढमा फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको थियो । कार्यक्रममा पाठेघरको क्यान्सरको कारण, लक्षण रोकथामबारे सहभागीहरूलाई स्वास्थ्य संयोजक विजयशङ्कर ठाकुरले प्रशिक्षण दिएका थिए ।

नगरप्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि र सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।