दोस्रो वीरगंज गोल्डकपको तयारी

प्रस, परवानीपुर, २७ माघ/
दोस्रो वीरगंज गोल्डकप पूmटबल प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र प्रतियोगितामा सहभागी हुने टीमहरूको नाम आइसकेको आयोजक भेट्रान्स सिटी क्लब वीरगंजका सचिव सुबोध श्रीवास्तवले बताए ।

दोस्रो वीरगंज गोल्डकप पूmटबल फागुन १७ गतेदेखि वीरगंजको आदर्शनगरस्थित रङ्गशालामा हुने भएको छ । यो प्रतियोगितामा भारतको गलहल डायमन्ड क्लब दिल्ली र नेपाल पुलिस क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्रनाथ काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सङ्कटा काठमाडौं, सहलेश सिराहा र वीरगंज युनाइटेड क्लब गरी आठवटा टीम सहभागी हुने सचिव श्रीवास्तवले बताए ।

गत वर्षदेखि सञ्चालित यो प्रतियोगिता मधेस प्रदेशकै सबैभन्दा ठूलो राशिको प्रतियोगिता भएको छ । विजेतालाई साढे ११ लाख, उपविजेतालाई साढे पाँच लाख पुरस्कारको व्यवस्था गरिएको सचिव श्रीवास्तवले बताए ।