महिलाहरूलाई सिलाइकटाइ तालीम

प्रस, वीरगंज, २७ माघ/
सरिता सीप कला केन्द्रको आयोजना र वीरगंज महानगरपालिका ४ नं वडा कार्यालयको सहयोगमा सिलाइ कटाइ तालीम आज शुरू भएको छ ।

वडाध्यक्ष जगतसाह कानूले तालीमको उद्घाटन गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालीम आयोजना गरिएको बताए । उनले तालीमपछि २० जनालाई सिलाइ मेशीन वितरण गर्ने बताए ।

कार्यक्रममा विजय सरार्पm, वडासचिव श्रीराम सिंह, वडासदस्य जुलुमबहादुर खडगी, लीलावती देवीलगायतको सहभागिता थियो । केन्द्रीय अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।